Websoft University

www.radiomakalu.com || 021-522512


निधी र थापाबीचको वरियता विवाद कायमै, मन्त्रिपरिषद बैठक बस्न नसक्दा प्रधानमन्त्रीको भ्रमण अनुमोदन हुन सकेन



काठमाडौं , चैत्र १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार राति चीन भ्रमणमा जाँदैछन् । भ्रमणमा जानुअघि मन्त्रिपरिषद्बाट अनुमोदन गर्नुुपर्छ । तर, कार्यवाहक प्रधानमन्त्री कसलाई दिने भन्ने वरियताको विवादले अहिलेसम्म बैठक नै निश्चित भएको छैन ।उपप्रधानमन्त्रीद्वय बिमलेन्द्र निधी र कमल थापाबीचको वरियता विवादले मन्त्रीपरिषद् बैठक बस्न नसकेको हो ।

सरकारका एक मन्त्रीका अनुसार बुधबार बिहानको बैठक साँझ ५ बजेलाई र उक्त बैठक अर्को सूचना जारी नभएसम्मलाई स्थगित भएको थियो । उनका अनुसार आज (बिहीबार) ११ बजेसम्म पनि मन्त्रिपरिषद् कति बजे बस्ने सूचना आएको छैन ।

परराष्ट्र मन्त्रालयका अनुसार कार्यवाहक तोक्ने र प्रधानमन्त्रीको भ्रमण मन्त्रिपरिषद्बाट अनुमोदन गर्नुपर्ने हुन्छ ।

तर, प्रधानमन्त्रीको कार्यक्रमबारे दैनिक जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको आजको कार्यक्रममा मन्त्रिपरिषद् बैठक राखेको छैन ।

यस्तो छ प्रधानमन्त्रीको आजको कार्यक्रम

- बिहान ८ बजे सिंहदरबारमा माओवादी केन्द्र संसदीय दलको बैठक
- बिहान ९ बजे बालुवाटारमा पूर्व प्रधानमन्त्री, पूृर्व अर्थमन्त्री र विज्ञहरुसँग छलफल
- दिउँसो २ :३० बजे बालुवाटारमा संयुक्त राष्ट्र संघका उपमहासचिव ज्ञानचन्द्र आचार्यसँग भेट
- दिउँसो ३ बजे बालुवाटारमा चीनका रक्षमन्त्रीसँग भेट
- दिउँसो ३ :३० बजे बालुवाटारमा बंगलादेशका सभामुखसँग भेट
- बाह्रखरीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget