Websoft University

www.radiomakalu.com || 021-522512


‘चीन जानु अघि मोर्चासँग सहमति’


‘चीन जानु अघि मोर्चासँग सहमति’



मोहन बैद्यको पार्टीका नेता माओवादी केन्द्रमा प्रवेश गर्न लागेको प्रचण्डको घोषणा
काठमाडौँ, चैत १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त लोकतान्त्रिक मोर्चासँग सहमति जुटाएर चीन भ्रमणमा जान लागेको बताएका छन।सिमाङकनलाई थाती राखेर संविधान संशोधन गर्ने गरी मोर्चासँग सहमति गरेर अगाडि बढन चाहेको प्रधानमन्त्री प्रचण्डले आफनो पार्टीका साँसदहरुलाई बताएका हुन।
सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले मोर्चासँग सहमति गरेर चीन भ्रमणमा जान चाहेको बताएका थिए । ‘म चीन जानु भन्दा पहिले नै मोर्चासँग सहमति हुने अधिक्तम संभावना छ । ठूलो दूर्घटना भएन भने सिमाङकनलाई थाती राखेर सहमति हुने संभावना छ’
बैठकमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए । साँसद डोरप्रसाद उपाध्यायका अनुसार पार्टीलाई चुनाव केन्द्रित गराउन आग्रह गरेका छन।आफू नेतृत्वको सरकारले गरेका सकारात्मक कामको प्रचार गरेर चुनावमा केन्द्रित हुन प्रधानमन्त्री प्रचण्डले आग्रह गरेको उनले बताए।
मोहन बैद्य नेतृत्वको नेकपा माओवादीको पार्टीका नेताहरु आफनो पार्टीमा प्रवेश गर्न लागेको जानकारी पनि प्रधानमन्त्री प्रचण्डले साँसदहरुलाई गराएको उपाध्यायले बताए । बैठकमा प्रधानमन्त्री प्रचण्डले आफनो चीन भ्रमणका वारेमा पनि जानकारी गराएका थिए ।-अन्नपूर्णपोस्टबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget