काठमाडौं,चैत १० गते । बेलायतमा भएको आतंककारी आक्रमणको नेपाल सरकारले भर्त्सना गरेको छ ।
परराष्ट्रमन्त्री प्रकाशशरण महतले बेलायती बिदेशमन्त्री बोरिस जोन्सनलाई शोक सन्देश पठाउँदै संसद भवन अगाडि भएको आतंकबादी हमलाको निन्दा गरे ।
सन्देशमा परराष्ट्र मन्त्री डा.महतले आतङ्ककारी घटनामा परी ज्यान गुमाउने नागरिकप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट हार्दिक श्रद्धान्जली अर्पणगर्दै घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
बेलायतको लन्डनस्थित संसद भवन अगाडि हिजो भएको आतङ्ककारी हमलामा परी पाँच जनाको ज्यान जानुको साथै कम्तिमा ४० जना घाइते भएका छन् ।-अनलाइनखबरबाट
Post a Comment