Websoft University

www.radiomakalu.com || 021-522512


चिनियाँ रक्षामन्त्री चाङ काठमाडौंमा, प्रधानमन्त्री प्रचण्डलाई भेट्दै

चिनियाँ रक्षामन्त्री चाङ काठमाडौंमा, प्रधानमन्त्री प्रचण्डलाई भेट्दै
बिहीबार नेपाल अाइपुगेका चिनियाँ रक्षामन्त्री चाङ वानक्वान त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा। तस्बिर: सुलभ श्रेष्ठ/अन्नपूर्ण


काठमाडौं चैत १० गते  ।  चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान काठमाडौं आइपुगेका छन्। रक्षामन्त्री बालकृष्णा खाँणको निमन्त्रणमा चिनियाँ रक्षामन्त्री चाङ तीन दिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका हुन्।
रक्षामन्त्री चाङले प्रधानमन्त्री प्रचण्ड चीन प्रस्थान गर्नुअघि दिउँसो तीन बजे नै प्रधानमन्त्री निवास बालुवाटार पुगेर शिष्टाचार भेट गर्नेछन्। प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता भएपछि चाङले रक्षामन्त्री बालकृष्ण खाँणसँग सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बिहीबार नै भेटवार्ता गर्ने कार्यक्रम छ।
चिनियाँ रक्षामन्त्री चाङले नेपाली सेनाको उपत्यका पृतनाको निरीक्षण तथा अवलोकन भ्रमणसमेत गर्ने कार्यक्रम रहेको रक्षा मन्त्रालयले जनाएको छ।
रक्षामन्त्री चाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार दिउँसो शिष्टाचार भेटवार्ता गर्नेछन्। यस्तै, उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिलाई पनि रक्षामन्त्री चाङले भोलि नै भेट्ने कार्यक्रम रहेको छ।
शुक्रबार बिहान रक्षामन्त्री चाङले सैनिक मुख्यालयमा प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको रक्षा मन्त्रालयले जनाएको छ। रक्षामन्त्री चाङले वसन्तपुर क्षेत्रका क्षतिग्रस्त सम्पदाको अवलोकन भ्रमण गर्नेसमेत कार्यक्रम छ। चिनियाँ रक्षामन्त्री चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ। - अन्नपूर्णपोस्ट बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget