Websoft University

www.radiomakalu.com || 021-522512


नेपाल आदीवासी जनजाती महासंघ मोरङ



Displaying DSC_0889.JPG
विराटनगर,  फागुन २७ गते  । नेपाल आदिवासी जनजातीहरुको एकमात्र सरकारी निकाय आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानलाई खारेजी गर्ने प्रक्रियाको विरोध गर्दै  जिल्ला प्रसासन कार्यालयमा मोरङ विहीबार धर्ना दिएको छ ।
    परिमार्जन सहित  संविधान संशोधनको मागगर्दै नेपाल आदीवासी जनजाती महासंघ मोरङ र नगर परिषद्ले सयुक्त धर्ना दिएको हो । महासंघले आदिवासीको हक अधिकारका लागी परिमार्जन सहितको संविधान संसोधन गर्न समेत माग गरेका छन ।


विराटनगरको संन्सारी माईस्थानबाट प्ले कार्ड बोकेर निस्केको आदिवासी जनजातीहरुको ¥यालीले जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्ना दिएको हो  । पांच वुदे माग सहित उनीहरुले आदिवासी जनजातीहरुको ऐतिहासिक थलो किटानगरी विशेष स्वायत र सुरक्षित क्षेत्रको निर्धारण, स्थानिय तह अन्र्तगत गांउपालिका तथा नगरपालिकामा आदिवासीहरुको थलोको किटागर्न तथा सयुक्त राष्ट्रसंघको घोषणापत्र अनुसार आफनो अधिकार शुनिश्चितगर्न माग गरेका छन ।
    आदीवासी जनजाती  महासंघले आफुहरुसंग २०६४ साल साउन २२ गते गरिएको २०  वुदेमाग तथा २०६९ साल जेठ ९ गते भएको ९ वुदे सहमती सम्झौता मध्ये कार्यान्वय हुन बाकि रहेका विषयलाई संविधानमा संशोधन गर्न समेत माग गरेको छ ।
 आदीवासी जनजाती महासंघका मोरङ अध्यक्ष मिलनकुमार राईको नेतृत्वमा  दुई घन्टा धर्ना दिएको थियो ।
  यसैविच आन्दोलन अन्तर्गत  आगामी चैत्र १ गते बृहत सिटी जुलुस र कोणसभा गर्ने अध्यक्ष राईले जानकारी दिनुभयो ।
   त्यस लगत्यै चैत्र १२ गते जिल्ला सदरमुकाम तथा नगरपालीकामा बृहत मानव साङ्लो गर्ने नगर अध्यक्ष सुरेसप्रसाद सिह गनगाईले जानकारीदिनुभयो ।
यस अगाडी महांसघले  मोरङको प्रमुख जिल्ला अधिकारी योज्ञराज कोइराला मार्फत प्रधानमन्त्री कार्यालयमा ५  बुदे ज्ञापन पत्र पठाएका थिए ।-प्रेम देवान


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget