Websoft University

www.radiomakalu.com || 021-522512


यी रोगको अचुक ओखती हो आँप




सिजन आँपको छ । आँपलाई स्वादका निम्ति खानेकै सँख्या ठूलो छ । यो फलको राजामाथि गरिएको ठूलो अन्याय हो । यसलाई घरेलु ओखतीका रुपमा पनि प्रयोग गर्न सकिन्छ । धेरैलाई आँपले यी बिरामको ओखतीको काम गर्ने कुरा थाहा नहुन सक्छ !


– बच्चामा माटो खाने बानी छ भने त्यसलाई छुटाउन आँपको बियाको चूर्ण पानीमा मिलाएर दिनहुँ दुई, तीनपटक खान दिनुहोस् । यसले पेटको किरा पनि मर्छ ।
– सुख्खा खोकी छ भने एक पाकेको आँप लिनुहोस्, आगोमा सेकाउनुहोस्, सेलाइसकेपछि बिस्तारै चुस्नुहोस्, खोकी निको हुनेछ ।

– मधुमेहमा आँपको पातलाई छायाँमा सुकाएर चूर्ण बनाउनुहोस् । यसलाई ५–५ ग्रामको मात्रामा बिहान, बेलुकी पानीमा राखेर १०–१५ दिन लगातार सेवन गर्ने हो भने लाभ मिल्छ ।
-कब्जियतमा पाकेको आँपमा तातो दूध पिउने हो भने दिसा खलास हुन्छ, जसबाट कब्जियतबाट छुटकारा मिल्छ ।

-कान दुखेकोमा आँपको पातको रस निकाल्नुहोस्, हल्का तातो पार्नुस् र कानमा थोपा राख्नुस्, पीडाबाट लाभ मिल्छ ।
– गिजाबाट रगत निस्कने समस्यामा आँपको बियाँ निकालेर पिस्नुस् र यसलाई मञ्जनको रुपमा प्रयोग गर्ने हो भने पायरियासहित दाँतका रोगबाट लाभ मिल्छ ।



-काँचो आँपलाई रस पिउनाले लू तथा गर्मीबाट हुने बेचैनी ठीक हुन्छ ।
-एक कप आँपको रसमा ५० ग्राम मह मिसाएर बिहान, बेलुकी सेवन गर्नाले क्षयरोगमा लाभ मिल्छ ।
-यसमा रहेको पोटासियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रणमा रहन्छ ।

-यसले तौल बढाउँछ, गर्भावस्थामा दैनिक एक आँप खानाले राम्रो हुन्छ ।
– २ सय ग्राम आँपको रस, १० ग्राम अदुवाको रस र २ सय ५० ग्राम दूध मिसाएर पिउनाले शारीरिक र मानसिक निर्बलता नष्ट हुन्छ र स्मरणशक्ति बढ्छ । -पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget