Websoft University

www.radiomakalu.com || 021-522512


कञ्चनपुर घटनाप्रति सरकार संवेदनशील – प्रम

काठमाडौँ, फागुन २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोलीबाट बिहीबार एक नेपालीको मृत्यु भएको घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताउनुभएको छ ।

                    फागुन २६ गते कञ्चनपुरको आनन्द बजारमा भारतीय सीमा सुरक्षा बलको आक्रमणमा परी मृत्यु भएका गोविन्द गैतमका पक्षमा ज्ञापनपत्र बुझाउन पुगेका माओवादी केन्द्रका प्रतिनिधि मण्डलसँग शुक्रबार भेट गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत । तस्बिर ः प्रदीपराज वन्त, रासस

कञ्चनपुरको पुनर्वासमा मृत्यु भएका गोविन्द गौतमको सम्बन्धमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको नेकपा (माओवादी केन्द्र) ७ नं प्रदेशको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले नेपाल एक स्वतन्त्र र स्वाभिमानी राष्ट्र भएकाले स्वतन्त्र राष्ट्रमाथिको हस्तक्षेप कुनै हालतमा मान्य नहुने बताउनुभयो ।

प्रधानमन्त्रीले दाहालले भन्नुभयो – “घटनाको गम्भीर रुपले छानबिन हुन्छ र दोषीमाथि कारबाही हुन्छ, यसमा सरकार गम्भीरमात्रै होइन, निकै संवेदनशील छ ।”

यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले लगातार कूटनीतिक संवाद गरिरहेको तथा गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयबाट विज्ञप्ति जारी गरेर घटनाप्रति खेद प्रकट गरिएको पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो – “कञ्चनपुर घटनामा सरकारले ध्यान दिएन भन्ने प्रचार पूर्णतः गलत हो, घटना घटेलगत्तै भारतीय दूतावासका कर्मचारी बोलाएर मैले घटनाको अनुसन्धान र कारबाहीका लागि निर्देशन दिएको छु ।”

सो घटनाका विषयमा आज नै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसद्मा सम्बोधन गर्नेसमेत प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो ।

उहाँले नेपाल एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो, यसको स्वाभिमानमाथि हुने कुनै पनि हस्तक्षेप र आक्रमण मान्य नहुने स्पष्ट पार्दै “कञ्चनपुरको स्थितिका बारेमा मैले लगातार स्थानीय प्रशासन र राजनीतिक दलका नेताहरुसँग कुरा गरिरहेको छु, गोविन्द गौतमलाई सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढेको छ, परिवारलाई तत्काल रु १० लाख राहत र गौतमका दुई छोरीको शिक्षादीक्षाको व्यवस्था सरकारले गर्ने निर्णय गरिएको छ भन्नुभयो ।

माओवादी केन्द्रका ७ नं प्रदेशका इन्चार्ज लेखराज भट्टद्वारा बुझाएको ज्ञापनपत्रमा स्व गौतमलाई राष्ट्रिय सहिद र सम्मान गर्न, मृतकका परिवारलाई रु ५० लाख राहतको व्यवस्था गर्न, घाइतेहरुको निःशुल्क उपचार गर्न, दोषीहरुमाथि अन्तर्राष्ट्रिय अदालतमा गएर भए पनि सजाय गर्न, गौतमको शालिक स्थापना गर्न, परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग गरिएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget