Websoft University

www.radiomakalu.com || 021-522512


भारत २८८ मा समेटियो, जितका लागि अष्ट्रेलियालाई १८८ रनको लक्ष्य



दोस्रो टेष्टको दोस्रो इनिङमा घरेलु टोली भारत २७४ रनमा समेटिएपछि अष्ट्रेलियाले जितका लागि १८८ रनको लक्ष्य पाएको छ ।


२१३/४ को स्थितिबाट चौथो दिनको खेल सुरु गरेको भारतले लञ्च सेेसन अगावै आफ्ना सबै विकेट गुमाउँदा २७४ रनमात्र बनाउन सक्यो । उसका लागि चेतेश्वर पुजाराले सर्बाधिक ९२ रन जोडे ।

अजिंक्या राहणेले ५२ र केएल राहुलले ५१ रनको अर्धशतकीय पारी खेले । अष्ट्रेलियाका जस हेजलउडले ६ विकेट लिए भने मिचेल स्टार्क र स्टिभ ओकिफले २/२ विकेट लिए ।

अष्ट्रेलिया केहिबेरमा जवाफी ब्याटिङमा उत्रँदैछ ।

यसअघि टस जितेर ब्याटिङ रोजेको भारत पहिलो इनिङमा १८९ रनमै समेटिएको थियो । जसमा केएल राहुलले ९० र करुण नायरले २६ रन जोडेका थिए । पहिलो इनिङमा अभुतपूर्व बलिङ गर्दै अष्ट्रेलियाका नाथान ल्योनले ८ विकेट लिएपनि घरेलु टोलीको इनिङ ध्वस्त भएको थियो ।

त्यस्तै स्वान मार्सको ६६ र म्याट रेन्सोको ६० रनको सहयोगमा अष्ट्रेलियाले २७६ रन जोड्दै पहिलो इनिङमा ८७ रनको अग्रता बनाएको थियो । रविन्द्र जडेजाले भारतका लागि ६ विकेट चड्काएका थिए ।

बैंग्लोरमा भइरहेको अष्ट्रेलियाबिरुद्धको दोस्रो टेष्टमा पनि भारतीय ब्याट्सम्यानहरुको प्रदर्शन सन्तोषजनक रहेन । यद्यपि पुणे टेष्टको तुलनामा भने केहि सुधारिएको थियो ।

यसअघि पुणेमा भएको पहिलो टेष्टमा ३३३ रनको जित हासिल गरेपछि चार टेष्टको शृङखलामा अष्ट्रेलिया एक शून्यले अगाडि छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget