काठमाडौँ, फागुन २४ गते । पशुपति क्षेत्रको जमिन निरन्तर बगिरहेको छ । जमिन निरन्तर बगिरहेकाले वाग्मती नदीका पूर्व र पश्चिम किनाराका कतिपय शिवलिङ्ग माथि उठेका र कतिपय मन्दिर धसिइरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयका भूगर्भविद् सहप्राध्यापक डा. रञ्जनकुमार दाहालले पशुपति क्षेत्र, श्लेष्मान्तक वन, गुह्येश्वरी क्षेत्रमा देखिएका खाडल, दरार परेका जमिनले त्यो क्षेत्र बगिरहेको पुष्टि
भएको बताउनुभयो ।
जमिन बगेकै कारण पशुपति मन्दिरको पूर्वीद्वारतर्फ पहिरो गएकाले यसअघि लामो समयसम्म पूर्वी क्षेत्रबाट प्रवेश बन्द गरिएको थियो । मन्दिरबाट वाग्मती किनारामा रहेको ब्रह्मनालतर्फ बग्ने जल चुहिएका कारण उक्त समस्या आएको थियो ।
भूकम्पपछि त्यसको अवस्था कस्तो छ भनेर अझै अध्ययन गर्न बाँकी रहेको डा. दाहालले बताउनुभयो । त्यस क्षेत्रमा जमिन माथिबाट बग्ने पानी र जमिन भित्रबाट बग्ने पानीको समुचित व्यवस्थापन नगरेमा निकै ठूलो समस्या पनि आउनसक्ने विज्ञको भनाइ छ ।
वाग्मती नदीको पूर्वमा १५ शिवालय रहेको क्षेत्रको जमिन पनि भासिएर खाडल पर्दैछ । गुह्येश्वरी मन्दिर क्षेत्रमा पनि वाग्मती किनार क्षेत्र भासिएका कारण मन्दिर पटाङ्गिनीमा नै ठूलो खाडल परेको छ । गतवर्षको भूकम्पपछि उक्त समस्या अझै बढेको पाइएको सहप्राध्यापक दाहालले बताउनुभयो ।
त्यस्तै विश्वरूप क्षेत्रमा पनि जमिन भासिने क्रम देखिएको छ । तीलगङ्गादेखि गुह्येश्वरीसम्म जथाभावी बाटो खनिएका कारण पनि उक्त क्षेत्रमा पहिरो जाने र जमिन भासिने समस्या देखिएको
दाहालले बताउनुभयो ।
उहाँले बाटो नै बनाउने हो भने पनि इन्जिनियरिङका हिसाबले बनाउनुपर्छ । हचुवाका भरमा डोजर लगाउँदा निकै ठूलो समस्या आउनसक्छ भन्नुभयो ।
भूउपयोगसहित पशुपति क्षेत्रको गुरुयोजना तयार गर्ने क्रममा सोमबार आयोजित कार्यशाला गोष्ठीमा सहभागी विज्ञले पशुपति क्षेत्रको समग्र भौगर्भिक अवस्था बारे विस्तृत अध्ययन गरेर संरक्षणको उपाय अपनाउन सुझाव दिएका छन् ।
अन्तर्राष्ट्रिय पुरातत्वविद् एख्सेल मिकालसले पशुपति क्षेत्र जीर्णोद्धार राष्ट्रिय विकास कोष नाम राखेर साविक नाम नै परिवर्तन गर्दै योजना बनाउन सुझाउनुभयो । वास्तुविद् सुदर्शनराज तिवारीले नेपाली इँटा छाप्दै र सेतो पोतो पोत्दैमा सम्पदाको संरक्षण नहुने धारणा व्यक्त गर्नुभयो । -राधा चालिसे/सरोज आचार्य

Post a Comment