Websoft University

www.radiomakalu.com || 021-522512


दोस्रो टेष्टमा भारतको जित, अष्ट्रेलिया ११२ मै अलआउट




अष्ट्रेलियाबिरुद्धको दोस्रो टेष्टमा भारतले ७५ रनको रोमाञ्चक जित हासिल गरेको छ । जितसँगै चार टेष्टको शृङखला एक-एक को बराबरीमा पुगेको छ ।


मा चिन्नास्वामी रंगशाला बैंग्लोरमा चौथो दिनको लञ्च सेसनपछि १८९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया भारतीय स्पिनरसामु घुँडा टेक्न बाध्य भयो । घरेलु बलर रविचन्द्रन आश्विनले ६ विकेट लिएपछि अष्ट्रेलियाले सामान्य लक्ष्य पनि पूरा गर्न सकेन र एक दिन अगावै भारतलार्इ खेल सुम्पियो ।

भारतका लागि इशान्त शर्मा र उमेश यादवले पनि क्रमसः १ र २ विकेट लिए । पहिलो इनिङमा ६ विकेट लिएका रविन्द्र जडेजाले दोस्रो इनिङमा १ मात्र विकेट लिए पनि उनको बलिङ फिगर दर्शनीय छ । उनले ८ ओभरमा ५ मेडनसहित मात्र ३ रन खर्चिए ।

अष्ट्रेलीयाली कप्तान स्टिभ स्मिथले २८ रन जोड्न्बाहेक अन्यको प्रदर्शन फितलो देखियो । उसका लागि पिटर हृयाण्ड्सकोम्बले पनि २४ रन जोडेका थिए । अष्ट्रेलियाका चार ब्याट्सम्यानले मात्र दोहोरो अंकको रन जोड्न सके ।

यसअघि टस जितेर ब्याटिङ रोजेको भारत पहिलो इनिङमा १८९ रनमै समेटिएको थियो । जसमा केएल राहुलले ९० र करुण नायरले २६ रन जोडेका थिए । पहिलो इनिङमा अभुतपूर्व बलिङ गर्दै अष्ट्रेलियाका नाथान ल्योनले ८ विकेट लिएपछि घरेलु टोलीको इनिङ ध्वस्त भएको थियो ।

त्यस्तै स्वान मार्सको ६६ र म्याट रेन्सोको ६० रनको सहयोगमा अष्ट्रेलियाले २७६ रन जोड्दै पहिलो इनिङमा ८७ रनको अग्रता बनाएको थियो । रविन्द्र जडेजाले भारतका लागि ६ विकेट चड्काएका थिए ।

२१३/४ को स्थितिबाट चौथो दिनको खेल सुरु गरेको भारतले लञ्च सेेसन अगावै आफ्ना सबै विकेट गुमाउँदा दोस्रो इनिङमा २७४ रनमात्र बनाउन सक्यो । उसका लागि चेतेश्वर पुजाराले सर्बाधिक ९२ रन जोडे ।

अजिंक्या राहणेले ५२ र केएल राहुलले ५१ रनको अर्धशतकीय पारी खेले । अष्ट्रेलियाका जस हेजलउडले ६ विकेट लिए भने मिचेल स्टार्क र स्टिभ ओकिफले २/२ विकेट लिए ।

जितका बाबजुद दोस्रो टेष्टमा पनि भारतीय ब्याट्सम्यानहरुको प्रदर्शन सन्तोषजनक भने रहेन । यद्यपि पुणे टेष्टको तुलनामा भने केहि सुधारिएको थियो ।

चार टेष्टको शृङखलाका लागि भारत भ्रमणमा रहेको अष्ट्रेलियाले पहिलो टेष्टमा ३३३ रनको शानदार जित हासिल गरेको थियो । दोस्रो टेष्टमा जित हासिल गरेसँगै शृङखला १-१ को बराबरीमा पुगेको छ ।-अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget