Websoft University

www.radiomakalu.com || 021-522512


यथास्थितिमा निर्वाचनमा जान सकिँदैन : नेता महतो

यथास्थितिमा निर्वाचनमा जान सकिँदैन : नेता महतो

चितवन,  चैत  गते  । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले परिमार्जनसहित संविधान संशोधन नभएसम्म मधेसी मोर्चा निर्वाचनमा सहभागी नहुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष महतोले सरकार र मधेसी मोर्चाबीचमा भएको तीनबुँदे सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन मोर्चाले फिर्ता लिएको बताउनुभयो ।


आफ्ना माग पूरा नगरी सरकारले जबर्जस्ती निर्वाचनको मिति घोषणा गरेको भन्दै उहाँले माग पूरा नभए निर्वाचनमा समेत असहयोग गर्ने बताउनुभयो ।सरकारले गरेको त्रुटि सच्याउनुपर्ने भन्दै उहाँले मधेसी मोर्चा आन्दोलनतर्फ जाने बताउनुभयो । उहाँले आन्दोलन, बन्द–हडतालको विकल्पको खोजी भइरहेको पनि बताउनुभयो । नेता महतोले जनताको बीचमा रहेको आन्दोलनलाई अघि बढाउने बताउनुभयो ।

नेकपा (एमाले)को मेची महाकाली राष्ट्रिय अभियानप्रति लक्षित गर्दै उहाँले तराईमा निषेधको राजनीति मधेसी मोर्चाले नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताले कुनै पनि दललाई निषेध गर्न सक्छन् ।” एमालेले तराईका जनताका विरुद्धमा काम गरेको आरोप लगाउँदै उहाँले त्यसको प्रतिवादमा जनता आएको बताउनुभयो । एमालेको जिद्दीपनका कारण समस्या आएको पनि उहाँले आरोप लगाउनुभयो । रासस


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget