Websoft University

www.radiomakalu.com || 021-522512


भारतको सत्तारुढ पार्टीद्धारा मणिपुरमा सरकार गठन

भारतको सत्तारुढ पार्टीद्धारा मणिपुरमा सरकार गठन

नयाँदिल्ली,  चैत ३ गते  । भारतको उत्तरपूर्वी क्षेत्रमा पर्ने मणिपुर राज्यमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले नयाँ सरकार गठन गरेको छ । भारतीय जनता पार्टीका स्थानीय नेता एन विरेन सिंह सो प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त हुनु भएको छ । सो राज्यका गभर्नर नाज्मा हेप्तुल्लाले उहाँलाई सरकारी कार्यालय राजभवनस्थित गोपनीयताको सपथग्रहण गराउनु भएको स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।


 हालै भएको प्रदेशको निर्वाचनमा कुनैपनि राजनीतिक पार्टीहरुले स्पष्ट बहुमत ल्याएका छैनन् । मणिपुर राज्यमा संसदको कुल ६० सिट मध्ये निर्वाचनबाट काँग्रेसले २८ सिट जितेर सवै भन्दा ठूलो पार्टी भएको छ भने भारतीय जनता पार्टीले २१ सिट जितेको छ दोस्रो ठूलो भएपनि भाजपाले अन्य पार्टीहरुसँग मिलेर सरकार गठन गरेको हो ।

गत मङ्गलबार मात्रै पश्चिमी राज्य गोवाको मुख्य मन्त्रीमा मनोहर पर्रिकार नियुक्त हुनुभएको थियो । गोवामा पनि भारजपाले नै अन्य दलहरुसँग मिलेर सरकार बनाएको छ । आफ्नो कार्यकाल सकिएका पूर्व मुख्यमन्त्रीहरुले मुख्यमन्त्रीको कार्यालय छाड्नु भएको छ । रासस÷सिन्ह्वा

  
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget