Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रिय परिचयपत्र भदौदेखि


Nepali-National-Id-Card

काठमाडौंँ, चैत ३ गते ।  हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गरी सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्र आगामी छ महिनाभित्र वितरण हुने भएको छ ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका इन्जिनियर राम थापाले राष्ट्रिय परिचयको डिजाइनको काम अन्तिम चरणमा पुगिसकेको बताउँदै अबको छ महिनाभित्र राष्ट्रिय परिचय वितरण गरिने जानकारी दिनुभयो ।  उहाँका अनुसार, भदौ महिनाको पहिलो हप्ता सिंहदरबारभित्र कार्यरत सात हजार कर्मचारीलाई परिचयपत्र वितरण गरिनेछ ।
राष्ट्रिय परिचयपत्र निर्माणका लागि बोलपत्र आह्वान गरी फ्रान्सको ‘सफरान आइडेन्टिटी एण्ड सेक्युरिटी कम्पनी’ लाई छनोट गरिएको थियो ।  एसियाली विकास बैङ्क (एडीबी) को झन्डै ८४ करोड रुपियाँ आर्थिक सहयोगमा यो कार्य सञ्चालनमा छ । Nepali-National-Id-Card
उहाँले अबको दुई महिनाभित्र राष्ट्रिय परिचयपत्र प्रणालीको स्थापना भई त्यसको छ महिना महिनाभित्र एक लाख १७ हजार नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार, एक लाख १७ हजारमध्ये सात हजार सिंहदरबारभित्रका कार्यालयका कर्मचारीहरूलाई वितरण गरिनेछ भने बाँकी एक लाख दश हजार परिचयपत्र निर्वाचन आयोगको तथ्याङ्कलाई हेरेर कुनै एक जिल्ला छनोट गरी वितरण गरिनेछ ।  उहाँले जिल्लाको छनोट भने अझै नभएको जानकारी दिनुभयो ।  राष्ट्रिय परिचयपत्र निःशुल्क वितरण गरिने जानकारीसमेत उहाँले दिनुभयो ।
दुई वर्ष अघि २०७१ माघ १४ गतेको मन्त्रिपरिषद्् बैठकले गरेको निर्णयले स्वीकृत गरेको ढाँचाअनुसार केन्द्रले परिचयपत्रको डिजाइन तयार गरेको इन्जिनियर थापाले जानकारी दिनुभयो ।  उहाँका अनुसार, कार्डको भित्री र बाहिरीपट्टि क्रमशः सगरमाथा र नेपालको मानचित्र अङ्कित हुनेछन् ।  परिचयपत्र वितरणको सम्पूर्ण कार्य चार चरणमा सम्पन्न हुने बताउँदै उहाँले दोस्रो चरणमा १५ जिल्ला, तेस्रो चरणमा २५ जिल्ला र चौथो चरणमा बाँकी सबै जिल्लामा परिचयपत्र वितरण गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार, सुरुमा यो परिचय पत्रलाई ‘जी टु जी’
(सरकारदेखि सरकारसम्म) र त्यसपछि ‘जी टु सी’ (सरकारदेखि जनतासम्म­) पु¥याइने नीति छ ।  चिप्स र युनिकोडसहितको यो परिचयपत्रमा सम्बन्धित व्यक्तिको हातका दशवटै औँलाको प्रिन्ट, अनुहार तथा आँखाको माइक्रो स्क्यान जडित हुने भएकाले कुनै पनि व्यक्तिको आधिकारिक पहिचान खुलाउन यो परिचयपत्र अहिलेसम्मकै सबभन्दा भरपर्दो साधन साबित हुने विश्वास गरिएको छ ।
यो परिचयपत्रले व्यक्तिको राहदानी, जमिनको स्वामित्व, करदाता सूचना, आर्थिक कारोबारका विवरणलाई समेत प्रमाणित गर्नेछ ।  यो परिचयपत्रले मुलुकको सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न सहयोग पुग्नुका साथै नेपाली, गैरआवासीय नेपाली तथा विदेशीको तथ्याङ्कलाई यकिन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।  राष्ट्रिय परिचयपत्रमा व्यक्तिको आमाको नाम नरहेको हल्ला निराधार रहेको बताउँदै उहाँले परिचयपत्रमा परिचयपत्र वाहकको बुबाको नामभन्दा माथि आमाको नाम रहेको जानकारी दिनुभयो ।  -  भउचप्रसाद यादव

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget