Websoft University

www.radiomakalu.com || 021-522512


तेह्रथुमका अग्निपीडितलाई राहत


तेह्रथुमका अग्निपीडितलाई राहत

तेह्रथुम,  चैत २ गते । तेह्रथुमस्थित सक्रान्ति बजारका अग्निपीडित ३५ परिवारलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले प्रतिपरिवार नगद रु १० हजारका दरले राहत वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, स्थानीय विकास अधिकारी तुलसी गौतमसहितको टोलीले सक्रान्ति बजार पुगेर सो राहत वितरण गरेको हो ।


गत पुस १ गते आगलागी हुँदा सक्रान्ति बजारका २४ घर पूर्णरुपमा जलेका थिए भने बाँकीमा आंशिक क्षति पुगेको थियो । आगलागीपछि सो क्षेत्रको स्थलगत निरीक्षणका क्रममा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले आगलागीबाट विस्थापित भएका व्यवसायीलाई समेत नगद रु १० हजार उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।

सोही घोषणा बमोजिम घर भाडामा बसेका ३५ परिवारलाई नगद रु १० हजारका दरले राहत वितरण गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी आशमान तामाङले बताउनुभयो । आगलागीबाट ७३ परिवार विस्थापित भएका थिए भने कुल रु १४ करोड आठ लाखको क्षति भएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget