Websoft University

www.radiomakalu.com || 021-522512


प्रहरीले चलाएकाे गेली लागि मृत्यु हुने पाचैँजनाकाे परिवारलाई मोर्चाले प्रदान गर्याे क्रिया खर्च

प्रहरीले चलाएकाे गेली लागि मृत्यु हुने पाचैँजनाकाे परिवारलाई मोर्चाले प्रदान गर्याे क्रिया खर्च

राजविराज, चैत २ गते  । एक हप्ता अगाडि प्रहरीको गोली लागेर मृत्यु भएका पाँचैजनाको परिवारजनसँग मधेसी मोर्चाका नेताले क्रिया खर्च प्रदान गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले मृतक पाँचै जना परिवारलाई मोर्चाको तर्फबाट प्रत्येक परिवारलाई जनही रु ५१ हजारका दरले क्रिया खर्चबापत आर्थिक सहयोग गरेका छन् ।



मोर्चाका अध्यक्ष दिनेशकुमार यादवसहित अन्य नेता तथा कार्यकर्ताले मृतक परिवारलाई घरमै पुगेर क्रिया खर्चबापत आर्थिक सहयोग गरेको मोर्चाले जनाएको छ । नेकपा (एमाले)को मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत सप्तरीमा आयोजित जनसभालाई बिथोल्न पुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच एक हप्ता अगाडि झडप भएको थियो ।

सो झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर सप्तरीको मलेठ गाविस–२ निवासी २५ वर्षीय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षीय पीताम्बर मण्डल, प्रसवनी–४ टेङ्गरी घर भएका ३५ वर्षीय सिनियर अहेव आनन्दकुमार साह र मलेठ–४ का वीरेन्द्र महतो तथा जमुनी मधेपुरा गाविस–१ निवासी ५५ वर्षीय इनरदेव यादवको मृत्यु भएको थियो ।-पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget