Websoft University

www.radiomakalu.com || 021-522512


आयोजक बी र पुलिस सेमिफाइनलमा



तरहरा /इटहरी खेलकुद समाजद्धारा आयोजित तरहरामा शुरु भएको राष्ट्रिय पुरुष भलिबलमा आइतबार भएको क्वाटरफाइनल खेलमा आयोजक इटहरी खेलकुद समाज ‘बि‘ र बिराटनगर भलिबल ट्रेनिक सेन्टर मोरङ बिच भएको खेलमा पहिलो खेलको पहिलो सेटमा आयोजकले हरायो । त्यस्तै दोश्रो सेटमा बिराटनगरले आयोजकलाई पराजित गर्यो । त्यस्तैगरी तेश्रो सेटमा आयोजक बिजयी भयो भने पूनःचौथो सेटमा आयोजकले मोरङलाई पराजित गरि आफ्नो सिट सेमिफाइनलमा दर्ता गराएको खेलकुद समाजका कोषाध्यक्ष सञ्जीवकुमार खड्काले बताए ।


त्यस्तैगरी दोश्रो खेलकुद बिकास समिति डुम्राहा उपस्पिथत नभएकोले क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी स्वतह सेमिफाइनलमा प्रवेश गरेको कोषाध्यक्ष खड्काले जानकारी दिए ।तरहरामा अहिलेसम्मकै सबैभन्दा ठूलो राशिको पुरस्कार रहेको प्रतियोगितामा नेपालैभरीबाट दशवटा टिमले सहभागिता जनाएका छन् ।



उक्त प्रतियोगितामा प्रथम, द्धितिय तथा तृतिय हाँसिल गर्ने टिमलार्ई क्रमशः नगद रु एक लाख,पचास हजार र पच्चिस हजार सहित शिल्ड,मेडल र प्रमाण पत्र बितरण गरिने खेलकुद बिकासका अध्यक्ष टिकादत्त बनले बताए । सोमबार हुँने पहिलो खेलमा एपिएफ र आयोजक बी बिच प्रतिस्पर्धा हुँने र दोश्रो खेलमा आयोजक ए र पुलिसबिच हुँने प्रतिस्पर्धामा विजयी हुँने टिमले मंगलबार फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ ।- विवेक विवश रेग्मी


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget