Websoft University

www.radiomakalu.com || 021-522512


उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा प्रधानको उम्मेदवारी घोषणा, गोल्छा पनि तयारीमा



काठमाडौं,फागुन २२ गते  । नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्षमा किशोर प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । योसँगै महासंघमा भावी नेतृत्वको लागि दौडधुप तीब्र भएको छ ।

अबको कार्यकालमा महासंघको नयाँ विधानअनुसार बरिष्ठ उपाध्यक्ष भवानी राणा नै स्वतः अध्यक्ष हुनेछिन् । त्यसैले अब महासंघमा बरिष्ठ उपाध्यक्षमा नै तीब्र प्रतिस्पर्धा हुनेछ । बरिष्ठ उपाध्यक्ष बन्नेले नै राणाको बहिर्गमनपछि अध्यक्ष स्वतः हुन पाउने भएकाले चुनावी दौड तीव्र भएको हो ।


किशोर प्रधानले आफ्नो बिराटनगरबाट उम्मेद्वारी घोषणा गरेपछि शेखर गोल्छाले पनि बरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यसवर्ष बरिष्ठ उपाध्यक्षमा गोल्छा र प्रधान समूहबीच नै प्रतिस्पर्धा हुनेछ ।

गोल्छा अहिले एशोसियटतर्फका उपाध्यक्ष हुन् भने जिल्ला नगर उद्योग बाणिज्य संघबाट प्रधान पनि उपाध्यक्ष नै छन् । आफ्नो प्यानलमा अब उनीहरुले कस-कसलाई समेट्छन् भन्नेमा सर्वत्र चासो छ ।

को-को छन् चर्चामा ?

प्रधानले आफ्नो प्यानलका लागि बलियो टिम बनाउन आन्तरिक रुपमा तयारी लगभग सकाएका छन् । उनको प्यानलमा जिल्ला नगर उद्योग वाणिज्य संघका तर्फबाट प्रमोद श्रेष्ठलाई उपाध्यक्षको बनाउने घोषणा भइसकेको छ ।

एशोसियट र बस्तुगततर्फका उपाध्यक्ष, कोषाध्यक्ष र केन्द्रीय सदस्य को-को हुने भन्ने टुंगो लागिसकेको छैन । बस्तुगत उपाध्यक्षमा प्रधान समूहबाट अञ्जन श्रेष्ठको नाम चर्चामा भने छ ।

यसैगरी गोल्छा समूहले पनि प्यानल बनाउन आन्तरिक गृहकार्य गरिरहेको छ । गोल्छा समूहमा जिल्ला नगर उद्योग बाणिज्य संघका तर्फबाट अहिलेका वस्तुगत उपाध्यक्ष दिनेश श्रेष्ठका नाम चर्चामा रहेको स्रोतले बतायो ।

गोल्छाले एशोसिएट उपाध्यक्षका लागि चन्द्र ढकाललाई उठाउने योजना बनाएको बुझिएको छ । बस्तुगत उपाध्यक्षमा अझै गोल्छा समूहले नाम टुंगो लगाउन सकेको छैन । गोल्छा समूहबाट ज्ञानेन्द्रलाल प्रधानलाई कुन पदमा उठाउने भन्ने पिन टुंगिन बाँकी छ ।

चैत २८ गते काठमाडौंमा महासंघको ५१ औं वाषिर्क साधारणसभा हुँदैछ । यसैले राणलाई अध्यक्ष चुनेर नयाँ पदाधिकारी र सदस्यसहित नेतृत्वको छनोट गर्नेछ ।

अहिले महासंघमा भावी नेतृत्व सुनिश्चित गर्न विधनअनुासर बरिष्ठ उपाध्यक्ष जित्नुपर्छ । बरिष्ठ उपाध्यक्ष नै महासंघको अध्यक्ष हुने नयाँ ब्यवस्थाका कारण चुनावी सरगर्मी बढेको छ ।

महासंघमा देशभरबाट १०४ वटा जिल्ला तथा नगर उद्योग बाणिज्य संघले प्रतिनिधित्व गर्छन् । चुनावी नतिजामा यो समूहको मत हिस्सा ५० प्रतिशत राखिएको छ ।

९९ वटा वस्तुगत सदस्यको मतभार २० प्रतिशत हुन्छ । ८५६ एशोसिएट सदस्यको मतको हिस्सा ३० प्रतिशत छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget