Websoft University

www.radiomakalu.com || 021-522512


मेची महाकाली अभियानमा सडक नै कब्जा



पथरी , फागुन २२ गते । विभिन्न बहानामा सडक अवरुद्ध गरेर आफ्नो कार्यक्रम गर्नु नेपालमा अनौठो होइन । तर, संविधान कार्यान्वयनमा आफू दृढतापूर्वक लागेको बताउने एमाले नै सडक अवरुद्ध गरेर आफ्नो कार्यक्रम गर्नु कत्तिको न्यायोचित हो ?
आन्दोलन, र्याली, प्रदर्शन लगायतका कार्यक्रममा सडक अवरुद्ध गर्ने पुरानो परिपाटीलाई निरन्तरता दिदै एमालेले सडक अवरुद्ध गरेर आफ्नो कार्यक्रम गरिरहेको छ । राष्ट्रिय जागरणका लागि भन्दै फाल्गुन २१ गतेबाट शुरू गरेको मेची महाकाली अभियानका क्रममा अाइतबार मोरङको उर्लाबारीमा पनि सडक अबरुद्ध गरेको हो । झापा काकडभिट्टाबाट शुरू भएको अभियान महाकालीसम्म सडकमै केन्द्रित अभियान १५ दिनसम्म चल्नेछ ।
पूर्वपश्चिम राजमार्गमा नै केन्द्रित अभियानले दुई दिनसम्मको कार्यक्रमलाई नियाल्दा कार्यकर्ताले सडक ढपक्कै ढाकिएको छ । पूर्वपश्चिम राजमार्ग अति व्यस्त मध्येको एक हो । यसरी व्यस्त सडकमा केन्द्रित कार्यक्रमले सडक भएर यात्रा गरिरहेका सवारीसाधन तथा सर्वसाधारण भने सास्ती खेप्दै आएका छन् । तर, ठाउँ ठाउँमा सभा गरिरहेको एमालेलाई जनताले व्यहोर्नुपरेको सास्तीमा कुनै चासो छैन ।

आइतबार राजमार्ग अन्तरगत उर्लाबारीको मुख्य चौकमा कार्यक्रम हुँदा करिब एक घण्टा सडक अवरुद्ध बन्यो । निजी तथा सार्वजनिक सवारीसाधन त परकै कुरा भए तस्बिरमा देखाइज्तै एम्बुलेन्स समेत प्रभावित बन्यो ।विगतदेखि नै राजनीतिकले सडक छेउमा स्टेज बनाएर कार्यक्रम गर्दा सर्वसाधारण जनताले धेरै सास्ती खेप्नुपरेको उर्लाबारीस्थित वाइवा मोबाइल जोनका प्रोप्राइटर पवन वाइवाले बताउनुभयो । ‘राजनीतिक दलले सडकममै स्टेज बनाएर सडक कब्जा गर्दा ट्राफिक प्रहरीले केही गर्न सक्दैन। हामीले अन्जानमा सानो गल्ती गर्दा समेत तत्कालै कारबाही हुन्छ,’ उहाँले भन्नुभयो, ‘सानालाई ऐन ठूलालाई चैन भनेको यही हो ।’

सडक नै कब्जा गरेर एमालेले अभियान शुरूसँगै सामाजिक सञ्जालमा पनि विरोधका स्वर गुन्जिन थालेको छ। फेसबुकमार्फत उर्लाबारीका व्यवसायी सुनिल अग्रवाल, नुत्तन राईलगायतले सडक कब्जा गरी कार्यक्रम गरिनु अनुपयुक्त भएको उल्लेख गरेका छन् । व्यवसायी अग्रवालले सडक नै छेकेर राजनीतिक कार्यक्रम गर्नु उचित नभएको बताउनुहुन्छ । ‘जनतालाई नै दुःख दिएर राजनीतिक कार्यक्रम गर्नुहुँदैन,’ उहाँले भन्नुभयो, ‘सभा–सम्मेलनलाई सडकभन्दा अन्यत्र गर्दा राम्रो हुन्छ ।’   -  पुर्बेलीन्युजबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget