Websoft University

www.radiomakalu.com || 021-522512


पाकिस्तानमा १२ राष्ट्रको सहभागितामा महिला सांसद सम्मेलनको सुरु

पाकिस्तानमा १२ राष्ट्रको सहभागितामा महिला सांसद सम्मेलनको सुरु

इस्लामाबाद,  चैत  १ गते । बाह्र राष्ट्रका महिला सांसदहरुको सहभागितामा “प्रजातन्त्रको सशक्तिकरणमा महिलाहरुको भूमिका विषयक एक अन्तर्राष्ट्रिय सम्मेलन पाकिस्तानमा सुरु भएको छ । पाकिस्तानले आतिथ्य गरेको यो सम्मेलन हिजो सोमबारबाट सुरु भएको हो ।
पकिस्तानका प्रधानमन्त्री नवाज सरिफकी पुत्री मारियम नवाजले हिजो आयोजित एक समारोहकाबीच उक्त तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको थियो । यो सम्मेलन १३ बाट १५ सम्म जारी रहने भएको छ ।
उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री सरिफपुत्री मारियमले महिलाबिना कुनै पनि प्रजातान्त्रिक समाजको परिकल्पना गर्न नसकिने बताउनुभएको थियो । उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा आतिथ्य राष्ट्र पाकिस्तानलगायत इरान, इराक, टर्की जोर्डन, अस्ट्रेलिया, रोमानिया, म्यानमार, श्रीलङ्का, माल्दिभ्स, इन्डोनेसिया र नेपालका उल्लेख्य महिला सांसदको सहभागिता रहेको छ । रासस ÷एपी

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget