Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्री चीन जाने तयारीमा

pushpa kamal dahalको लागि तस्बिर परिणाम

काठमाडौँ, चैत १ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो कार्यकालको पहिलो औपचारिक चीन भ्रमणमा जाने हुनुभएको छ ।  चीनको हाइनान प्रान्तमा हुने बोआओ फर एसिया सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ‘प्रचण्ड’ आगामी चैत १० गते त्यसतर्फ जानुहुने तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषिराज अधिकारीका अनुसार परराष्ट्र मन्त्रालयले चीन सरकारसँग सम्मेलनका अतिरिक्त नेपाल–चीनको द्विपक्षीय हित तथा सम्झौतामा हस्ताक्षरका विषयमा छलफल गरिरहेको छ ।  ‘प्रधानमन्त्री चीनको भ्रमणमा जानेबारे छलफल कार्यसूचीमा छ ।  तर, अझै तय भइसकेको छैन ।  भोलि (मङ्गलबार) दिउँसोसम्म टुङ्गो लाग्छ’ उहाँले भन्नुभयो ।  ‘प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा छलफल भइरहेको छ ।  यही चैत १० गते करिब एक हप्ताको औपचारिक चीन भ्रमणमा जाने भन्ने कुरो छ, अन्य कार्यक्रम भने तय हुन बाँकी छ’ प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार रामदीप आर्चायले पनि पुष्टि गर्नुभयो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आर्चायले प्रधानमन्त्रीको चीन भ्रमणबारे मन्त्री र पराराष्ट्रसँग प्रारम्भिक परामर्श मात्र भएको बताउनुभयो ।  ‘प्रधानमन्त्रीको चीन भ्रमण परराष्ट्र मन्त्रालयले तय गर्नुपर्छ र मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ ।  यी दुवै कुरा भएका छैनन् ।  त्यसैले अहिले नै चीन भ्रमणको मिति तय भइसकेको छ भन्न मिल्दैन’, उहाँले भन्नुभयो ।
प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएपछि उहाँको यो पहिलो चीन भ्रमण हुनेछ ।  त्यसो त उहाँ प्रधानमन्त्री बनेपछि दुई पटक भारतको भ्रमण गरिसक्नुभएको छ ।  प्रधानमन्त्री भएपछि प्रचण्डले सेप्टेम्बर १५ मा भारतको औपचारिक भ्रमणमा र अक्टोबर १५ मा ब्रिक्स सम्मेलनमा भाग लिन भारत जानुभएको थियो ।  निर्वतमान राष्ट्रपति डा. रामवरण यादवले २०७१ चैतमा छिमेकी मित्र राष्ट्र चीनको एक साता लामो औपचारिक भ्रमण गर्नुभएको थियो ।  
यस्तै, २०७१ जेठमा तत्कालीन पूर्वप्रधानमन्त्री सुशील कोइराला कुनमिङमा आयोजना भएको ‘दोस्रो चाइना साउथ एसिया एक्सपोजिसन र २२औँ चाइना कुन्मिन इम्पोर्ट एक्सपोर्ट कमोडिटिज फेयर’मा विशेष अतिथिको रूपमा सहभागी हुनु भएको थियो । -अजय शर्मा



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget