Websoft University

www.radiomakalu.com || 021-522512


कमल थापाले सरकारमा गएको तीन दिनमै किन समर्थन फिर्ता लिन्छु भने ?

चेतावनी हो कि कार्यकर्ताको खपतका लागि मात्र ?




काठमाडौं, चैत १ गते । उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले सोमबार रिपोर्टस क्लवमा उभिएर संविधान संशोधन प्रस्ताव अघि बढाइए राप्रपा सरकारबाट बाहिरिने चेतावनी दिए । सरकारमा सहभागी भएको तीन दिनमै समर्थन फिर्ताको चेतावनी आएपछि राप्रपा भित्र र बाहिर यसको कारण खोज्न थालिएको छ ।


उपप्रधानमन्त्री थापाले त्यही मञ्चबाट सरकारलाई दिएको सार्थन फिर्ता लिने चेतावनी दिएका हुन्, जुन रिपोर्टस क्लबकै मञ्चबाट आइतबार डा. प्रकाशचन्द्र लोहनीले राप्रपा परित्याग गर्ने घोषणा गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेको संविधान संशोधन प्रस्तावका कतिपय बुँदाहरु राष्ट्रिय हित विपरीत रहेको बताउँदै आएको छ । उसको महाधिवेशहनबाट पारित राजनीतिक प्रतिवेदनमा यस्तै लाइन पारित भएको छ । र, तत्कालै सरकारमा सहभागी नहुनेसमेत राप्रपाले निर्णय गरेको थियो । यस्तो अवस्थामा रातारात सरकारमा सहभागी भएपछि कमल थापाको पार्टी राप्रपाभित्र कार्यकर्ताहरुमा चर्को असन्तुष्टि देखिएको छ ।

र, अध्यक्ष थापाले पार्टीभित्रका यिनै असन्तुष्ट नेता कार्यकर्ताहरुको खपतका लागि सोमबार रिपोर्टर्स क्लवमा त्यस्तो भाषण गरेको सत्तापक्षका नेताहरुको टिप्पणी छ ।

के हो कमल थापाको लाइन ?

राप्रपा स्रोतका अनुसार सरकारमा सहभागी भए पनि उसले संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्ने नीति परिवर्तन गरेको छैन । तर, प्रधानमन्त्री प्रचण्डले चाहिँ कमल थापालाई उपप्रधानमन्त्री बनाएपछि संविधान संशोधन प्रस्तावको पक्षमा राप्रपाले मतदान गर्ने आशा गरेका थिए र अझै गरिरहेका छन् ।

तर, राप्रपाको लाइन भनेको संविधान संशोधन प्रस्तावलाई स्थानीय चुनावअघिसम्म थाती राख्ने र चुनाव सकिएपछि मात्रै त्यसलाई अगाडि बढाउने भन्ने हो ।

संविधान संशोधन पस्ताव अघि बढाउने नै हो भने सीमांकनको प्रस्तावलाई परिमार्जन गरेर वा थाती राखेर अन्य तीनवटा विषय (नागरिकता, राष्ट्रिय सभा र भाषा) मा संशोधन गर्न सकिने राप्रपाको लाइन रहेको सो पार्टीका नेताहरु बताउँछन् ।

राप्रपाले संविधान संशोधन प्रस्तावमा हस्ताक्षर गर्न लागेको र त्यसैका लागि ऊ सरकारमा गएको सो पार्टीका कार्यकर्तामा सन्देश गएकाले उनीहरुलाई चित्त बुझाउन थापाले सोमबार रिपोर्टस क्लबमा कडा भाषण गरेको एक नेताले बताए । उनले भने-‘ यो डा. प्रकाशचन्द्र लोहनीले लगाएका आरोपहरुको पनि खण्डन हो ।’-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget