Websoft University

www.radiomakalu.com || 021-522512


चहलको चालमा फस्यो इंग्ल्याण्ड, भारतले जित्यो सिरिज



युजवेन्द्र चहलको उत्कृष्ट बलिङको मदतमा भारतले तेस्रो टी-२० क्रिकेटमा इंग्ल्याण्डलाई ७५ रनले पराजित गरेको छ । र, यससँगै तीन म्याचको सिरिज २-१ को जितेको छ ।

भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १६.३ ओभरमा १२७ रन जोड्दा अलआउट भयो ।

एक समय इंग्ल्याण्डको स्कोर २ विकेटको क्षतिमा ११९ रन थियो । तर, चहलको घातक बलिङका कारण इंग्ल्याण्डले आफ्नो अन्तिम ८ विकेट मात्र ८ रन जोड्दा गुमायो ।

चहलले ४ ओभरमा २५ रन दिएर ६ विकेट लिए । जसपि्रत बुमराहले ३ र अमित मिश्राले एक विकेट लिए । इंग्ल्याण्डका जोए रुटले ४२ रन जोडे भने कप्तान इयान मोर्गानले ४० र जसन रोएले ३२ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २०२ रन बनाए । उसका सुरेश रैनाले ६३ र महेन्द्र सिंह धोनीले ५६ रनको योगदान दिए । टी-२० मा धोनीको यो पहिलो अर्धशतक हो ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget