Websoft University

www.radiomakalu.com || 021-522512


जेसिसको पहिलो गोलसँगै सिटीको शानदार जित




गाब्रियल जेसिसले क्लबका लागि पहिलो गोल गर्दा म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिगमा वेष्टहृयाममाथि शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा सिटीले वेष्टहृयामलाई ४-० ले पराजित गरेको हो ।

वेष्टहृयामको घरेलु मैदानमा भएको खेलमा सिटी हावी भएको थियो । उसले १७ औं मिनेटमा केभिन डि ब्रुयेनको गोलबाट अग्रता लियो ।
पहिलो गोलको चार मिनेटपछि नै सिटीले अग्रता दोब्बर पार्यो । उसका लागि सिल्भाले गोल गरे । खेलको ३९ मा गाबि्रयल जेसिसले गोल गरे । सिटी आएपछि उनको यो पहिलो गोल हो ।

खेलको ६७ मा सिटीले पेनाल्टी पायो र टोरेेले गोल गरेपछि घरेलु टोली ४-० ले पराजित भयो ।

जितसँगै म्यानचेष्टर सिटी २३ खेलबाट ४६ अंकका साथ पाँचौं स्थानमा छ भने लिग लिडर चेल्सीको ५६ अंक छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget