Websoft University

www.radiomakalu.com || 021-522512


४४ वर्षे गोलकिपरले इजिप्टलाई पुर्‍यायो फाइनलमा



बुर्मिना फासोलाई टाइब्रेकरमा पराजित गर्दै इजिप्ट नवौं अफि्रका कप अफ नेशनको फाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको खेलको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि १-१ गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

जसमा इजिप्टका ४४ वर्षीय गोलकिपर नायक बने । भेट्रान गोलकिपर एसाम अल हाडरीले बर्ट्रेनटाउरेको पेनाल्टी प्रहार रोकेका थिए । र, पेनाल्टी सुट आउटमा बुर्मिना फासोलाई ४-३ ले हराउँदै इजिप्ट फाइनल पुग्यो ।

उसो त टाइब्रेकरमा पहिलो प्रहारका लागि आएका इजिप्टका अबदुल्लाह अलको प्रहार बुर्किना फासोको २० वर्षे गोलकिपर हार्भे कोफीले रोकेका थिए । तर, चौथो पेनाल्टीमा उनी गोल गर्न चुके । उनी भन्दा २४ वर्ष सिनियर एसाम अल हाडरीले सहजै उनको प्रहार रोके ।

अनुभवी इजिप्टका खेलाडीहरुले भने कुनै मौका पनि खेल फालेनन् ।

यसअघि र्निधारित ९० मिनेटका खेलमा मोहमेद सालेहले गोल गर्दै इजिप्टलाई सुरुवाति अग्रता दिलाएका थिए । तर, बुर्किना फासोले ७३ औं मिनेटमा बराबरी गोल फर्कायो । उसका लागि बान्सले गोल गरे ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget