Websoft University

www.radiomakalu.com || 021-522512


हृयदरोग निवारण प्रतिष्ठामा पत्रकारको मुटु परीक्षण




काठमाडौं,माघ २३ गते । प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसको अवसरमा मुटु स्वास्थ्य परिक्षण शिविरको आयोजना गरिएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सहयोगमा प्रेस चौतारी नेपाल केन्द्रीय कमिटी र नेपाल हार्ट क्लिनिकको सहकार्यमा आयोजित शिविरमा ६५ पत्रकारको मुटु स्वास्थ्य परिक्षण गरिएको थियो ।

इको, इसीजी, अल्ट्रासाउण्ट, लिपिट प्रोफाइल सहितको प्याकेजमा स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य शिविर संयोजक प्रेस चौतारी नेपालका सचिव अमृतनाथ तिमल्सिनाले जानकारी गराएका छन् ।

हतार र अव्यवस्थित जीवनशैली र खानपानका कारण विग्रँदो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आम नागरिकसम्म स्वास्थ्य सम्वेदनशीलताको चेतना पुर्‍याउन पत्रकारहरुको स्वास्थ्य परिक्षणमा सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष बरिष्ठ मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मीले जानकारी दिनुभयो ।

स्वास्थ्य परिक्षणमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेकपा एमाले प्रचार विभाग सचिव विष्णु रिजाल, पूर्व अध्यक्षहरु गगन विष्ट, राजेन्द्र अर्याल, विश्व प्रेस काउन्सिलका उपाध्यक्ष किशोर श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टलगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget