Websoft University

www.radiomakalu.com || 021-522512


ठमेलमा सुरु हुँदैछ अन्तर्राष्ट्रिय चेन होटल म्यारियट




काठमाडौं, माघ २३ गते । अन्तर्राष्ट्रिय चेन होटल म्यारियटले नेपालमा पहिलो चेन होटल डेढ महिनाभित्र सञ्चालन गर्ने भएको छ ।

एमएस ग्रुपको झण्डै एक अर्बको लगानीमा निर्माण सम्पन्न भएको ठमेलस्थित फेयरफिल्ड म्यारियट होटल मार्च १५ तारिखदेखि सञ्चालनमा आउने भएको छ ।

होटल सञ्चालनका लागि म्यारियटले महाप्रवन्धकसहितको टीम पठाएर तयारी गरिरहेको छ । एमएस ग्रुपले म्यारियटकै चेनका रुपमा थप दुईवटा होटल सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

फेयरफिल्ड म्यारियटका महाप्रवन्धक प्रकाश जयदेबनका अनुसार होटलको औपचारिक सुरुवातका लागि सबैखाले तयारी अन्तिम चरणमा पुर्‍याइएको छ । म्यारियटले होटलका लागि अनलाइन बुकिङसमेत सुरु गरिसकेको छ ।

झण्डै एक दशकको अबधिमा नेपालमा सुरु भएको यो नै पहिलो अन्तर्राष्ट्रिय चेन होटल हो । होटलमा अन्तर्राष्ट्रिय स्तरका १ सय १५ कोठा रहने छन् । जसमध्ये ७१ वटा डिलक्स किङ बेड रुम रहनेछन् भने अन्य ४३ वटा डिलक्स टुइन बेड रुम हुनेछन् । कोठामा ४० इन्चको लिड टेलिभिजन, रेफ्रिजेरेटरका साथै चिया तथा कफी मेकर पनि छ ।

फेयरफिल्डमा झण्डै डेढ सय जनाको क्षमतायुक्त कुजिन रेष्टुरेण्ट, कफी सप र आउटडोर डाइनिङ रहनेछ जुन चौबिसै घन्टा खुला राख्ने तयारी भइरहेको उनले जानकारी दिए ।

म्यारियटले गत वर्षदेखि नै यो होटललाई सञ्चालनमा ल्याउने योजना बनाएको थियो । तर, भारतीय नाकाबन्दी र भूकम्पका कारण यसको निर्माण सम्पन्न १ वर्ष ढिलो भएको छ ।

जयदेबनले अहिले निर्माणका हिसाबले ९० प्रतिशत र सञ्चालका हिसाबले २५ प्रतिशत काम सकिएको जानकारी दिए ।



ठमेलको पहिलो अन्तर्राष्ट्रिय स्तरको होटल

जयदेबन फेयरफिल्ट म्यारियटलाई ठमेलको पहिलो अन्तर्राष्ट्रिय स्तरको होटल भएको बताउँछन् । यो बजेट होटल हो अर्थात बजेटका हिसाबले बस्नका लागि सस्तो पर्ने होटलमा यो होटल पनि पर्दछ । यो चार तारे होटल हो ।

म्यारिटले अहिले नेपालमा अन्य तीन स्थानका होटलको पनि व्यवस्थापनको जिम्मा लिएको छ । नक्सालमा बन्दै गरेको म्यारियट भने ५ तारे डिलक्स होटल हो ।

जयदेवन म्यारियट काठमाडौं आउन ढिला गरेको बताउँछन् । संविधान जारी भएपछि देशमा राजनीतिक स्थायित्व आउन लागेको र विकाशका काम अगाडि बढिरहेको हुँदा लगानीका लागि सही समय भएको उनको ठम्याई छ ।


‘सडक चौडा भएका छन्, लोडसेडिङ हटेको छ,’ नेपालमा देखिएका केही आशातर्फ संकेत गर्दैर् उनले भने, ‘यही गतिमा अघि बढ्यो भने नेपालमा दश वर्षमा आर्थिक रुपमा ठूलो परिवर्तन आउँछ ।’

पछिल्लोपटक नेपालमा अन्तर्राष्ट्रिय चेन होटलहरु आउनेक्रम तिब्र बनेको छ । ठमेलमै शेराटन समूहका शेराटन होटल र एलफ्ट होटल निर्माण भइरहेको छ भने शंकर समूहको लगानीमा डबल ट्री बाई हिल्टन होटलको निर्माण नक्सालमा सुरु भएको छ । घोषित अन्तर्राष्ट्रिय चेन होटलमध्ये फेयरफिल्ड म्यारियटले सबैभन्दा पहिले आफ्नो सेवा सञ्चालनमा ल्याएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget