Websoft University

www.radiomakalu.com || 021-522512


देउवाले मधेसी मोर्चाका नेतालाई बूढानीलकण्ठ बोलाए



काठमाडौं, माघ २३ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्दैछन् ।
आइतबार देउवाले मार्चाका नेताहरुलाई छलफलका लागि आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका छन् ।

पहिला संविधान संशोधन कि निर्वाचन भन्ने विषयमा दलहरुबीच विवाद बढिरहेका बेला देउवाले मोर्चाका नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

देउवाले आज दिउँसो तीन बजे मोर्चाका नेताहरुलाई बुढानिलकण्ठमा बोलाएका छन् ।

मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पास नभई निर्वाचनमा जान नसक्ने र सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्ने चेतावनी दिएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधनलाई थाती राखेर निर्वाचनमा जानुपर्ने अडान लिइरहेको छ भने मधेसी मोर्चाले संविधान संशोधनलाई नै निर्वाचनको बटमलाइन बनाएको छ ।

मोर्चाका नेताहरुसँग शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका थिए । सो छलफलमा कांग्रेस सभापति देउवा अनुपस्थित थिए भने देउवाले मोर्चाका नेताहरुसँग गर्न लागेको छलफलमा सरकारको नेतृत्वकर्ता दल माओवादी अनुपस्थित रहने स्रोतले बतायो ।

सरकारले निर्वाचन आयोगलाई निर्वाचनको तयारी थाल्न निर्देशन दिए पनि मोर्चाको असहमतिका कारण निर्वाचनको मिति तोक्न सकेको छैन ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget