Websoft University

www.radiomakalu.com || 021-522512


तरहराकाे पानीपियामा बस र माेटरसाइकल जुद्धा एककाे मृत्यु

तरहराकाे पानीपियामा बस र माेटरसाइकल जुद्धा एककाे मृत्यु

तरहरा ,फागुन १ गते । कोशी राजमार्गअन्तर्गत इटहरी धरान सडकखण्डकाे पानिपियास्थित शनिबार राति ७ बजे धरानबाट बिराटनगरतर्फ जाँदै गरेको ना ३ ख ६०१२ नम्बरको यात्रुबाहक बसले इटहरीबाट धरानतर्फ जाँदै गरेको को २५ प ६६३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा धरान ११ बस्ने बर्ष ३५ का गौराज सुनारको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको तरहरा प्रहरी चौकीले बताएको छ ।
मोटरसाइकलमा पिछाडी सवार खोटाङ खार्मी १ बस्ने बर्ष ४५ को सरमान बिक गम्भिर घाइते भई बिराटनगरस्थित न्युरो हस्पिटलको आइसियुमा उपचार भइरहेको तरहरा प्रहरी चौकीका इन्चार्ज पहल बहादुर कट्वाले जानकारी दिए । दुबै सवारी साधन तरहरा प्रहरी चौकीको नियन्त्रणमा रहेको छ । भने यता बसका चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।-पुर्बेलीन्युज



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget