Websoft University

www.radiomakalu.com || 021-522512


रेखाका कारण राप्रपामा मच्चियो हलचल





काठमाडौं फागुन १ गते । नायीका रेखा थापा राप्रपा प्रवेशपछि सो पार्टीमा हलचल मच्चिन थालेको छ । आफुले भनेजस्तो नएपछि माओवादीबाट राप्रपा छिरेकी रेखाका कारण राप्रपाका धेरै पुराना र संगठन गर्दै आएका नेता कार्यकर्ताहरुका लागि टाउको दुःखाई बनेकी छिन् ।

राजनीतिमा लागेर मन्त्री बन्ने चाहानाले राप्रपा छिरेकी रेखा उनका पछिल्ला क्रियाकलाप र गतिविधिका कारण रेखा आलोचित बन्न थलेको राप्रपाभित्र चर्चा चलेको छ ।
काठमाडौं क्षेत्र नम्बर ४ बाट रेखालाई महाधिवेशन प्रतिनिधी बनाउन अध्यक्ष कमल थापाले कोषाध्यक्ष उद्धब पौडेललाई ठाडो आदेश दिएपछि राप्रपाभित्र असन्टुष्टी देखिएको छ । धुम्बाराहीस्थित पार्टी मुख्यालयमा राप्रपाका नेता तथा कार्यकर्ताहरुबीच पार्टीमा रेखाको ‘रेखाकाण्ड’ शुरु भयो भन्दै कुरा काट्न थालेको एक नेताले बताए ।

‘रेखाले आफू बस्दै आएको काठमाडौं क्षेत्र नम्बर ४ बाट महाविधेशन प्रतिनिधी बन्ने इच्छा कमल थापासमक्ष राखेकी थिइन्’ समाचार श्रोतले भन्यो ‘रेखाप्रति उदार दिल देखाएका कमल थापाले पनि तत्काल आफ्ना कोषाध्यक्ष उद्धव पौडेललाई बोलाएर रेखा थापालाई महाधिवेशन प्रतिनिधी बनाउन निर्देशन दिए ।’ यो निर्देशनले अहिले पार्टीमा खैलाबैला मच्चिएको छ ।
श्रोतका अनुसार कमल थापाको आदेशपछि चलचित्रकर्मी समेत रहेका उद्धब पौडेलले आफूले कठिन अवस्थामा राप्रपाको संगठन गर्दै आएका नेता तथा कार्यकर्ताहरूलाई पाखा लगाएर रेखालाई महाधिवेशन प्रतिनिधी बनाउन नसक्ने जवाफ दिएका थिए । तर, कमल थापाको आदेशका अगाडि उद्धवको टिक्न सकेन । पौडेल र स्थानीय नेताहरूले रेखालाई प्रतिनिधी बनाएर कमल थापा समक्ष हाजिर गराएका छन् ।

माघ २३ गते भएको काठमाडौं क्षेत्र नम्बर ४ को महाधिवेशनमा भने रेखा अनुपस्थित थिइन् । उनी नगएपनि कमल थापाको आदेशमा प्रतिनिधी बनाएको राप्रपा उच्च स्रोतले जानकारी दिएको छ । यसपछि रेखा थापाविरुद्ध चारनम्बर क्षेत्रका नेता कार्यकर्ताले राप्रपा कार्यलयमा उजुरी समेत दिएका छन् ।
सञ्चारकर्मी प्रकाश सुवेदीको जोडबलमा राप्रपा भित्रिएकी रेखा थापालाई गृह जिल्ला मोरङको सलकपुरमा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले मन पराउँदैनन् । स्रोतका अनुसार आफ्नो गाउँ सलकपुरबाट पराजित हुने र स्थानीय नेता तथा कार्यकर्ताले असहयोग गर्ने भएपछि रेखाले कमल थापालाई भनेर काठमाडौं ४ बाट प्रतिनिधी बन्न दबाब दिएकी थिइन् ।
कमल थापाको प्रिय कार्यकर्ता बन्ने प्रयासमा रहेकी रेखा थापालाई प्रकाश सुवेदीले नै राप्रपामा अगाडि बढाउन खोजेको आरोप छ । रेखा आजकाल प्रकाश सुवेदीकै सरसल्लाहामा हिँड्ने गरेको स्रोतले जनाएको छ ।
कमल थापाको ‘निगाह’बाट प्रतिनिधी बनेकी रेखा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भनेर प्रचार प्रसार नै शुरु गरेकी छिन् । राप्रपाभित्र रेखाको चुरीफुरी बढ्न थालेपछि संगठन गर्दै आएका नेता कार्यकर्ताहरू चकित परेको एक नेताले बताए ।
माओवादीमा रहेका बेला पनि उनलाई धेरैले मन पराएका थिएनन् ।- रातोपाटी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget