Websoft University

www.radiomakalu.com || 021-522512


एक साताभित्र निर्वाचन आचारसंहिता लागू

ayudhi p yadav

काठमाडौँ, फागुन १० गते । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले छिट्टै छलफल गरी निर्वाचनसम्बन्धी आचारसंहिता ल्याइने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा डा यादवले एक साताभित्र निर्वाचनसम्बन्धी आचारसंहिता लागू गरिने जानकारी दिनुभयो । उहाँले निर्वाचनलाई कसैले कुनै बहानामा रोक्न नहुने बताउँदै अब कुनै हालतमा पनि निर्वाचन हुने स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार निर्वाचनका लागि २१ हजारभन्दा बढी मतदान केन्द्र र २५ हजारभन्दा बढी मतपत्र बाकस चाहिन्छ । निर्वाचनका लागि स्थानीय तहमा कर्मचारीको आवश्यकता रहने हुँदा नयाँ संरचनानुसार चाँडो कर्मचारी राखिएमा निर्वाचन गर्न सहज हुने उहाँको भनाइ थियो ।
उहाँले निर्वाचनका लागि जम्मा ८२ दिन बाँकी रहेकाले विद्युतीय यन्त्रबाट मत हाल्न सम्भव नभएको स्पष्ट पार्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget