Websoft University

www.radiomakalu.com || 021-522512


फ्रिजमा सामान राख्दा ध्यान दिनुपर्ने कुरा


फ्रिजमा सामान राख्दा ध्यान दिनुपर्ने कुरा
नबिग्रियोस् र स्वस्थ रहोस् भन्नका लागि फ्रिजमा सामान राख्ने गरिन्छ । तर, फ्रिजमा राख्दैमा सबै सामान बिग्रिँदैन र स्वस्थ रहन्छ भन्ने होइन । कतिपय कुरामा ध्यान दिन सकिएन भने फ्रिजमा सामान राख्दा झनै बिग्रिन सक्छ ।

खाद्य प्राविधिक मदन चापागाईंले फ्रिजमा सामान राख्दा ध्यान दिनुपर्ने कुराबारे जानकारी दिएका छन्ः

१. धेरै बिग्रिने, कम बिग्रिने र नबिग्रिने गरी खानेकुरा तीन किसिमका हुन्छन् । सुख्खा अन्न, गेडागुडी नबिग्रिनेमा पर्छन् । मासु, दूध, साग, माछाजस्ता कुरा धेरै बिग्रिनेमा पर्छन् । यसैगरी सागपातबाहेक तरकारी र फलफूल कम बिग्रिनेमा पर्छन् । यो कुरामा प्रस्ट भइसकेपछि मात्रै सही ढंगले फ्रिजको उपयोग गर्नुपर्छ ।

२. सुक्खा अन्न र गेडागुडीलाई फ्रिजमा राखिरहनुपर्दैन । यी चिजलाई फ्रिजबाहिरै सुक्खा र ओभानो ठाउँमा राख्नुपर्छ । यस्ता सामान फ्रिजमा राख्नु भनेको फ्रिजको खर्च बढाउने, ठाउँ ओगट्ने त छँदै छ, क्रस कन्ट्यामिनेसनसमेत हुन्छ । फ्रिजमा पानी हुने भएकाले सुक्खा चिज राख्दा ढुसी पर्ने र बिग्रिने हुन्छ । यस्ता क्रस कन्ट्यामिनेसन भएका चिज उपभोग गर्दा स्वास्थ्यमा हानि पुर्‍याउँछ ।

३. मासु, माछाजस्ता चाँडै बिग्रिने चिज भने फ्रिजमा राख्नुपर्छ । मासुजस्ता चाँडै बिग्रिने चिज फ्रिजमा राख्नुपर्छ । यी चिजलाई धेरै दिनसम्म नै राख्नुपर्ने हो भने सामान्य फ्रिजमा मात्रै राखेरसमेत पुग्दैन, डिपफ्रिजमै राख्नुपर्छ । डिपफ्रिजमा माइनस तापक्रम हुन्छ । माइनस १० देखि पनि तल हुन्छ । यसमा राखेको चिज आइस बन्छ । तर, यसलाई पछि प्रयोग गर्दा मनतातो आरीलगायतमा राखेर आइस पगालेर फालेपछि सामान्य अवस्थामा ल्याएर मात्रै पकाउनुपर्छ । आइसमै पकायो भने मासुको स्वाद नै बिग्रिन सक्छ ।

४. अन्डा पनि फ्रिजमा राख्नुहुँदैन । बाहिर खोस्टा हुने अन्डाभित्र तरल पदार्थ हुन्छ । फ्रिजमा राख्दा भित्रको तरल पदार्थ आइस बन्छ, भोल्योम बढ्छ र अन्डामा दबाब परेर खोस्टा चर्किन्छ । चर्किएको खोस्टाबाट कीटाणु छिरेर अन्डालाई खान अयोग्य बनाउन सक्छ । त्यसैगरी दूधलाई भने सामान्य फ्रिजमा राखे पनि डिपफ्रिजमा राख्नुहुँदैन । चारदेखि १० डिग्री सेल्सियस तापक्रममा राख्न सकिन्छ ।

५. केरा, कटहर, आँप, मेवा, फर्सी, गोलभेडा, अदुवा, सख्खरखण्डलगायत फलफूल तथा तरकारी फ्रिजमा राख्दा विशेष ध्यान दिनुपर्छ । यस्ता चिजलाई १३ डिग्री सेल्सियस तापक्रममा राख्यो भने लामो समयसम्म स्वस्थ राख्न सकिन्छ । चारदेखि १० डिग्री सेल्सियसको सामान्य तापक्रममा राख्दा यी चिज चाँडै बिग्रिन्छ । तापक्रम मिलाउन जानिन्न भने त यस्ता चिज बरु फ्रिजबाहिरै राखेको राम्रो हुन्छ । पाक्न बाँकी फलफूल पनि फ्रिजमा राख्नुहुँदैन । फ्रिजमा राखेपछि यस्ता फलफूल पाक्दैनन् ।

६. आलु, प्याज, लसुनलगायत खाद्यान्न भने फ्रिजमा राख्नु गल्ती हुन्छ । चिसो फ्रिजमा राख्दा आलु गुलियो हुन्छ र बिग्रिन्छ । प्याज फ्रिजमा राख्दा ढुसी पर्छ भने लसुन उम्रिन्छ ।

७‍. कफी खोलिसकेपछि फ्रिजमा राख्दा स्वाद नै गुम्छ । डल्ला पर्ने समस्या पनि हुन्छ । त्यसैगरी महलाई फ्रिजमा राख्नुपर्ने जरुरी पर्दैन । मह फ्रिजबाहिरै राख्दा राम्रो हुन्छ । बाहिरको सामान्य तापक्रममा राख्दा पनि नबिग्रिने गुण महमा हुन्छ ।

नयाँ पत्रिकाबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget