Websoft University

www.radiomakalu.com || 021-522512


गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क उपचार गर्ने

गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क उपचार गर्ने

विराटनगर,  फागुन ११ गते  । विराटनगरस्थित गोल्डेन अस्पतालले आफ्नो छैंँठौँ वार्षिकोत्सवको अवसरमा न्युरो सर्जरीकालागि बढीमा रु ४० हजारसम्म लिने घोषणा गरेको छ । जस्तोसुकै गम्भीर प्रकृतिको न्युरो सर्जरी गर्नुपर्ने भए पनि सोभन्दा बढी रकम नलिने अस्पतालका प्रबन्ध निर्देशक डा श्याम रौनियारले बताउनुभयो ।

 यसैगरी जिल्लाका पत्रकारको उपचार पनि निःशुल्क गर्ने तर शल्यक्रिया गर्दा चिकित्सकलाई तिर्नुपर्ने रकम मात्र लिने उहाँले जानकारी दिनुभयो । वार्षिकोत्सवमा अस्पतालका प्रबन्ध निर्देशक डा श्याम रौनियारले यस वर्षका उत्कृष्ट कर्मचारीको रुपमा मोहम्मद नाजिमलाई पुरस्कृत गर्नुका साथै अन्य सात कर्मचारीलाई पनि सम्मान गर्नुभयो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष दुलारचन्द रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा डा शिव अधिकारी, डा मनोजकुमार श्रीवास्तव, गौतमराज प्रधान, गोविन्दप्रसाद लुइँटेललगायतले अस्पतालले प्रदान गरेको सेवाबारे चर्चा गर्नुभएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget