Websoft University

www.radiomakalu.com || 021-522512


नेपालले इमर्जिङ कप क्रिकेट खेल्न नपाउने




नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ ।

सुरुमा चार टेष्ट नेशनसहित ८ देश खेल्ने तय भएको थियो । हङकङ र युएईले आन्तरिक सेड्युल बिग्रिएका कारण नाम फिर्ता लिएको र नेपाल पनि खेल्न नपाउने भएपछि एसीसी इमर्जिङ कपमा पाँच टोलीको सहभागिता रहनेछ ।

तर, एसीसीको बोर्ड बैठकले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय गरेपछि नेपालको अवसर गुमेको हो ।

प्रतियोगितामा अव भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका यु २३ टिम र अफगानिस्तानको राष्ट्रिय टोलीबीच मात्र प्रतिस्पर्धा हुनेछ ।

विश्व क्रिकेट लिग च्याम्पियनसीप खेलिरहेको नेपालका लागि इमर्जिङ कप एउटा अवसर थियो । जहाँ लिगको आगामी प्रतिद्धन्दी हङकङ र युएईसँग भेट हुनसक्थ्यो । तर नयाँ निर्णयले संभावित अवसरबाट बञ्चित भएको छ ।

क्रिकेट सम्बद्ध अधिकारीका अनुसार सुरुमा आठ देशको नाम आएपनि एकदिवशीय मान्यता नपाएकालाई खेलाउने वहस सँगसँगै सुरु भएको थियो । त्यसमा पनि नेपालमा क्रिकेट संघ निलम्बनमा रहेको र आवश्यक लविङ नपुग्दा यो अवसर गुमेको हो ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget