Websoft University

www.radiomakalu.com || 021-522512


म्यानमारको जंगलमा लागेको आगो चिनियाँ सीमासम्म


कुनमिङ्, फागुन ९ गते । म्यानमारको जंगलमा लागेको आगो अधिकारीहरुले नियन्त्रणमा लिन सकेका छैनन् ।
म्यानमारको जंगलमा तीन दिन यतादेखि भीषण रुपमा आगालागी भएको छ । सो आगलागि चिनियाँ सिमाना युनान प्रान्तका कैयौं भागसम्म पुगेको बताइएको छ ।
म्यानमारको लुसी नगरको टापू गालिगोङ्बाट गएको शनिबारदेखि आगलागी सुरु भएको हो । त्यस क्षेत्रमा निकै बाक्लो बन रहेको छ ।

आगलागी जारी रहेको सो बन क्षेत्र समुद्री सतहबाट कम्तीमा पनि ३ हजार मीटर उचाईमा रहेको छ । उक्त बन क्षेत्रमा लागेको आगो निभाउनका लागि म्यानमार र चिनियाँ तर्फका अग्निनियन्त्रक खटाइएको छ ।
म्यानमारका अधिकारीहरुले दिएको जानकारीअनुसार सो आगो नियन्त्रणमा लिनका लागि १०० भन्दा बढी अग्निनियन्त्रकलाई खटाइएको छ ।

सो क्षेत्रमा अन्यत्रको तुलनामा बढी मात्रामा हावा बहने भएकोले आगो नियन्त्रणमा लिने कार्य जोखिमपूर्ण होला कि भन्ने त्रासमा अधिकारीहरु रहेको बताइएको छ ।
एकजना म्यानमाली अधिकारीले भने– हावाको गति मापन गरेर मात्र अग्निनियन्त्रकहरुलाई खटाइने छ । रासस÷सिन्ह्वा

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget