पाँचथर माघ २२ गते । ऊर्जामन्त्री जनार्दन शर्माले ऊर्जा क्षेत्रले नागरिकमा नयाँ उत्साह थपेको बताएका छन् ।
सदरमुकाम फिदिममा आज बिहान प्रेस सेन्टर पाँचथरले गरेको पत्रकार सम्मेलनमा उनले अहिले मन्त्रालयले सञ्चालन गरेको उज्यालो नेपाल अभियानलाई सबै क्षेत्रबाट सहयोग गर्न आह्वान गरे । मन्त्री शर्माले अब काम गर्ने कर्मचारीलाई प्रशंसा र गल्ती गर्नेलाई दण्ड गर्दै जाने पनि स्पष्ट गरे।

अर्को प्रसङ्गमा उहाँले सरकार निर्वाचनमा लागिपरेकाले जसरी पनि चाँडै स्थानीय तहको निर्वाचन हुने बताउँदै निर्वाचन आयोग समेत तयारीका लागि जुटिसकेकाले चाँडै मिति घोषणा गरिने विश्वास दिलाए।
काबेली कोरिडोर क्षेत्रको निरीक्षणमा आएका मन्त्री शर्माका साथमा ऊर्जा मन्त्रालयका सचिव अनुप उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसमेत सहभागी छन् ।
Post a Comment