Websoft University

www.radiomakalu.com || 021-522512


गाउँको पहिचान राख्न टुङघर





मोरङ, माघ २२ गते । दक्षिणी मोरङको वरडंगा–७ कल्याणपुरबासीले कंक्रिटको १० तले टुङघर निर्माण गरेका छन् । २०६४ सालमा निर्माण शुरु भएको टुङघरमा हाल धमाधम रंगरोगन भईरहेको छ । २ किलो मिटर दक्षिणबाट आउने भारतीय डाकाहरूले बाह्रै महिना दुःख दिएपछि कल्याणपुर क्षेत्रका वासिन्दाले चोर डाका रुङ्न २०२६ सालमा काठको टुङघर निर्माण गरेका थिए । तर, कल्याणपुर–आमबारी–उर्लाबारी सडकको स्तरोन्नति गर्नेक्रममा काठको टुङघर सडक विभागले भत्काइ दियो । सडक विभागले टुङघर भत्काएपछि क्षतिपूर्ति वापत ६५ हजार रुपैयाँ दियो । त्यही पैसा र बैदेशिक रोजगारीमा गएका युवाहरुले सहयोग पछि स्थानीयबासीले कंक्रिटको टुङघर निर्माण गरेका हुन् ।


सो टुङघर अहिले त्यस क्षेत्रको आकर्षणको केन्द्र बनेको छ । टुङ्घरमा चढेर बरपरको दृश्य अवलोकन गर्ने,तस्बिर लिन आन्तरिक पर्यटकहरु आउने थालेका छन् । उसबेला भारतीय डाकाहरूबाट प्रभावित दक्षिणी मोरङका लारिकट्टा, कर्सिया, सिंगारी, सौंठा र कल्याणपुर लगायतका गाउँमा टुङघर निर्माण गरिएको थियो । अहिले सो क्षेत्रका टुङघरहरू लडिसकेका छन् । सबैभन्दा पहिले कल्याणपुरमा टुङघर निर्माण गरिएकोले सो स्थानमा टुङको परिचय जिवीत राख्न कल्याणपुर बासिन्दाले कंक्रिटको टुङ बनाउने अभियान ९ बर्षअघि सुरु गरेका थिए । २०२२ सालमा तत्कालीन राजा महन्द्रले नेपालको दक्षिणी सीमा क्षेत्रमा बर्माका नेपालीलाई बसोबास गराएका थिए ।

बर्मामा सैनिक शासन सुरु भएपछि लखेटिएका नेपालीहरुलाई दक्षिणी सीमा क्षेत्रभित्र पहरेदारको रुपमा राखिएको थयो । सीमा क्षेत्रमा बर्माबाट प्रवासी नेपालीलाई ल्याएर राखिएपछि कल्याणपुरभन्दा उतरतर्फ बसोबास सुरु भएको हो । राजा महेन्द्र स्वयंले १ सय २० परिवारलाई घडेरी सहित बसोबासको व्यवस्था मिलाइदिएको बुढापाकाहरूलाई उद्धृत गर्दै चेतन कोइरालाले बताए । उनका अनुसार २०२५ सालतिर डाकाले दुःख दिएपछि कल्याणपुरबासीले तत्कालीन सिडियो भक्तबहादुर कोइरालालाई सुरक्षा प्रबन्ध मिलाउन जाहेर गरे । सिडियोले तत्कालै टुङ बनाउन निर्देशन दिएपछि डाकाको रखबारी गर्न टुङ निर्माण गरिएको कोइरालाको भनाई छ ।

स्थानीय साम सिंहलाई डाकाले मारे पछि डाकाको प्रतिकारका लागि सिडियोले बन्दुक किन्न लगाएको,गोरु किन्न ५ सय रुपैयाँ दिएको समेत उनले जानकारी गराए । बर्माबाट आएका १ सय २० परिवारले कल्याणपुरमा व्यवस्थित बसोबास मिलाउन झण्डै १० वर्ष लाग्यो । निर्माण समितिका सचिव एवं स्थानीय सरस्वती उच्च माविका शिक्षक राजेन्द्र बराल भन्छन्–कल्याणपुरलाई माया गर्ने चन्दादाता र सहयोगीबाट प्राप्त झण्डै १५ लाख रुपैयाँले टुङघर निर्माण गरेका हौ ।

बैदेशिक रोजगारमा गएको युवाहरूले पठाएको चन्दा सहयोगबाट सिढी र छानो लगाउने ब्यवस्था गरिएको बरालले बताए । हाल कल्याणपुरबासी सुरक्षित छन् । त्यहाँको सुरक्षा ब्यवस्था हेर्र्दा टुङको आवश्यकता छैन । तर, कल्याणपुरबासीले आफ्नो गाउँको सुरक्षा लागि निर्माण गरेको टुङ घर भाविपुस्ताले अनन्तकालसम्म देख्न पाइरहनु पर्छ भनेर नै टुङ निर्माणमा लागेको कल्याणपुरवासीको भनाई छ ।-पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget