Websoft University

www.radiomakalu.com || 021-522512


उच्च रक्तचापका फरक–फरक बिरामी, तपाईं कस्तो विरामी ?




उच्च रक्तचापका फरक–फरक बिरामी, तपाईं कस्तो विरामी ?
उच्च रक्तचाप अधिकांशलाई हुने समस्या हो । तर, यो समस्या मान्छेपिच्छे फरक–फरक हुन्छ । सोहीअनुसार फरक किसिमले उपचार पनि गर्नुपर्ने हुन्छ । उपचारका सिलसिलामा भेटिएका उच्च रक्तचापका बिरामीका प्रकारबारे डा. मिलनप्रकाश श्रेष्ठ यसो भन्छन्ः

त्यागी बिरामीउच्च रक्तचाप भएका बिरामीलाई नुन र चिल्लो कम खाने सल्लाह दिइन्छ । यसको मतलब पूर्ण रूपमा बन्द गर्नु भनेको होइन । दैनिक खाने परिकारमा नुनको मात्रा धेरै पर्न गयो भने अन्य परिकारमा नुन बन्द गर्नु या कम खानुपर्छ । धेरै चिल्लो हुने खसीलगायत चारखुट्टे जनावरको मासु कम गर्दा हुन्छ । त्यस्तै, चिल्लो बढी हुने दूधबाट बनेका बटर, चिज, घिउजस्ता कुरा कम गर्नुपर्छ । तर, कतिपय बिरामी यस्ता परिकार पूरै बन्देज नै गर्ने गर्छन् ।

बिन्दास बिरामीब्लडप्रेसर भएका बिरामीले औषधि सुरु गरेपछि वेलावेलामा आफ्नो प्रेसर चेक गराइरहनुपर्छ । कुनै समस्या नभए पनि कम्तीमा ६ महिनाको एकपटक डाक्टरसँग सम्पर्क गर्नुपर्छ । ब्लडप्रेसरको औषधिले शरीरका विभिन्न अंगमा प्रत्यक्ष असर पारिरहेको हुन सक्छ । त्यसैले डाक्टरसँग सम्पर्क गरेर रगत तथा अन्य परीक्षण गर्दा वास्तविकता जानकारी हुन्छ । लामो समयसम्म ब्लडप्रेसरको औषधि खाने, प्रेसर जाँच गर्दा ठीकै छ भनेर ३–४ वर्षसम्म पनि चिकित्सक नभेट्ने बिन्दास बिरामी प्रशस्तै पाइन्छन् ।

स्मार्ट बिरामीमद्यपान तथा धूम्रपान गर्ने र सुगर तथा ब्लडप्रेसरको औषधि नखाँदा पर्ने असरका विषयमा त्यति चासो राख्दैनन् । तर, ब्लडप्रेसरका औषधिहरूका बारेमा इन्टरनेटमा सर्च गरेर हुने साइड इफेक्टबारे जानकारी राख्ने गर्छन् । सोही कारण देखाएर औषधि नखाने, औषधि खायो भने जीवनभर खानुपर्छ भन्ने सोचाइ राख्ने स्मार्ट बिरामी पनि प्रशस्तै भेटिन्छन् ।

ब्लडप्रेसरका औषधिले केहीलाई साइड इफेक्ट भए पनि सबैलाई सधैँ हुन्छ भन्ने हुँदैन । कसैलाई खाएको केही हप्ताभित्रै देखिन्छ भने कसैलाई खाएको २०–३० वर्षपछि देखिन्छ । कसैलाई देखिँदैन । असर गर्छ भनेर औषधि नखाई बस्दा साइड इफेक्टभन्दा ब्लडप्रेसरले भयानक असर गर्न सक्छ ।

व्यस्त बिरामीबिहान–साँझ शारीरिक व्यायाम गर्न पनि समय छैन । खाना खाने, घर फकिर्ने, सुत्ने ठेगान छैन । सुर्ती र मदिरा त्याग्न सकिएको छैन । चिकित्सकलाई परीक्षण गराउनुपर्छ भन्ने पनि थाहा छ, तर समय छैन । यस्ता बिरामीलाई परिवारका अन्य सदस्यले करबलले परीक्षण गर्न नल्याए कहिल्यै आउँदैनन् । फलोअप भिजिटमा त आउनै छोड्छन् । कुनै दिन छाती दुखेजस्तो, श्वास फेर्न गाह्रो भए, ढुकढुक भएमा वा चक्कर आएजस्तो भएमा इमरजेन्सीमा आइपुग्छन् ।

अनुशासित बिरामीब्लडप्रेसरले प्यारालाइसिस गराएको, हृदयाघात, पक्षघात भएको, दुवै मिर्गौला कामै नलाग्ने भएर नियमित डाइलासिस गराइरहेको, मिर्गौला फेरेको, आँखाको दृष्टि गुमेकोलगायतका समस्या आफ्नै आसपासमा देखेका बिरामीलाई यसको नकारात्मक असरबारे बुझाउन सजिलो हुन्छ । केही हप्ता औषधि नखाई अन्य उपाय अवलम्बन गर्ने कि भन्दा पनि सुरु गरौँ भन्ने ज्ञानी पनि हुन्छन् । कुनै पनि डाक्टरले आवश्यक नभई ब्लडप्रेसरको औषधि सुरु गर्दैनन् । डाक्टरले भनेको समयमा भेट्ने सल्लाह मान्ने गरेमा भविष्यमा हुन सक्ने खतराबाट जोगिन सकिन्छ ।

प्यानिक बिरामीहाई ब्लडप्रेसरले गराउने लक्षण व्यक्तिगत रूपमा फरक–फरक हुन्छन् । माथिको ब्लडप्रेसर १५० पुग्दा पनि कसैलाई टाउको दुख्ने, चक्कर आउने हुन्छ भने कसैलाई २५० पुग्दा पनि केही हुँदैन । टाउको दुख्नेबाहेक चक्कर आउने, छातीमा चसचस घोचेको अनुभव हुने, ढुकढुकी बढ्ने, चिटचिट पसिना आउने, छटपट हुने, जिउ दुखेको जस्तो हुने हाई ब्लडप्रेसरले अन्य लक्षण हुन् ।

शान्त, शीतल वातावरणमा आराम गरेर केही क्षण निदाउन कोसिस गर्ने, ध्यान गर्ने, नुहाउने, पानी पिउने र आफूलाई शान्त राख्ने कोसिस गर्दा ब्लडप्रेसर सामान्य अवस्थामा आउन सक्छ । तर, अलि मन कमजोर भएर मलाई हृदयाघात हुन लाग्यो भन्ने तनाव लिन लाग्यो भने प्रेसर अझ बढाइदिन्छ । यस्तो डराउने बिरामी पनि केही प्रतिशत भेटिन्छन् ।

अन्जान बिरामीऔषधि नियमित खानुपर्छ भन्ने कुरा डाक्टरले प्रस्ट नबुझाउँदा पनि समस्या परेको पाइन्छ । त्यसका साथै धेरै नपढेका, वृद्ध उमेर भइसकेका, बिर्सने समस्या भएका बिरामीलाई नियमित औषधि खान सम्झाइरहनुपर्छ । औषधि सकिनुअगावै व्यवस्थापन गर्नुपर्छ । धेरै किसिमका औषधि खानुपर्ने बिरामीलाई बिहान, दिउँसो, साँझ या खानाअघि÷पछि खाने औषधि सजिलो हुने गरी छुट्टाछुट्टै रङको बट्टामा राख्नाले सजिलो बनाउँछ । अन्जान बिरामीलाई परिवारका सदस्यको विशेष ध्यानको आवश्यक पर्छ ।

अटेरी बिरामीजति भने पनि साधारण व्यायाम पनि नगर्ने, मदिरा सेवन नियन्त्रण नगर्ने, फलोअप चेकअप नगर्ने, औषधि सेवनमा लापरबाही गर्ने, चक्कर लाग्यो भनेर औषधि कम गर्ने या सेवन नगर्ने अटेरी बिरामी पनि हुन्छन् । नियमित औषधि सेवन गर्दै शारीरिक व्यायाम तथा खानपानमा ध्यान दिँदा ब्लडप्रेसर नियन्त्रणमा रहन्छ । मानिसको ब्लडप्रेसर एउटै बिन्दुमा कहिल्यै पनि रहँदैन । माथिको १४० र तलको ९० भित्रको ब्लडप्रेसरलाई नर्मल मानिन्छ । तर, मानिसको स्वभाव, निद्रा, मानसिक तनाव, खानपान अन्य शारीरिक समस्याले कहिलेकाहीँ घटबढ हुन सक्छ । रत्तचाप कम वा बढी हुनासाथ औषधि आफैँ तलमाथि गर्नु हुँदैन । बारम्बार जाँच्दा पनि यस्तै अवस्था रहिरहे डाक्टरको सल्लाहअनुसार घटबढ गर्नुपर्छ ।

नयाँ पत्रिकाबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget