Websoft University

www.radiomakalu.com || 021-522512


केपी ओली र सिके राउत एउटै सिक्काका दुई पाटाः बाबुराम


जनकपुर, फागुन १ गते । नयाँ शक्ति नेपाल पार्टीका अध्यक्ष डा. बाबुराम भटटराईले केपी शर्मा ओली र सिके राउत दुबै एउटै सिक्काका दुई पाटा भएको टिप्पणी गरेका छन् । दुवैको कारणले गर्दा मुलुकमा अतिवादी चिन्तन हावी भएको उनले बताए ।
जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भटटराईले मधेसमा देखिएको असन्तुष्टिलाई सम्बोधन नगरिएकै कारण मधेसमा सीके राउत प्रवृति हावी भएको बताए । र, सिके राउत प्रवृत्तिलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले मलजल गरिरहेको भट्टराईको आरोप छ ।
नयाँ शक्तिका नेता भटटराईले संविधान संशोधन गरेर मात्रै स्थानीय चुनावमा जानु उत्तम विकल्प भएको बताए । संविधान संशोधन र संघीयताको कार्यान्वयन भएको अवस्थामा मात्रै मुलुकले निकास पाउने उनको धारणा छ ।
अहिलेकै अवस्थामा स्थानिय चुनाव गरे मुलुकमा झनै जटिलता थपिने भट्टराईले बताए ।
भट्टराईले नयाँ शक्तिका नेताहरुले जनकपुर विकासको लागि थालेको आमरणमा समर्थन जनाएका छन् ।
उनले अनसनकारीको माग तत्काल सम्बोधान गर्न समेत सरकारसँग माग गरेका छन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget