Websoft University

www.radiomakalu.com || 021-522512


सावधान ! टेढो दाँतका कारण हुनसक्छ मुखको क्यान्सर


मुखको क्यान्सर केवल सूर्ती, खैनी, चुरोट, तमाखु, गुटखा, पान मसला आदिको सेवनले मात्र हुँदैन दाँतको खराबीले पनि मुखमा क्यान्सर हुनसक्ने देखिएको छ । विज्ञहरुका अनुसार मुखको क्यान्सर जन्मजातका अलावा दाँतको खराबीको कारण पनि हुनसक्दछ ।

कहिलेकाहीँ दुर्घटना हुँदा दाँत बांगो हुन्छ । मानिसको कुकुर दाँत अन्य दाँतभन्दा तिखो हुन्छ र कुकुर दाँत टेढो हुँदा त्यसले लगातार गाला तथा ओँठमा घर्षण भई घाउ बनाउने गरेको हुन्छ । यस्तो घाउको उपचार समयमै हुन सकेन भने त्यसले मुखको क्यान्सरको रुप लिनसक्दछ ।


सूर्ती सेवनका कारण हुने मुखको क्यान्सर र बांगो दाँतले घाउ बनाएर हुने क्यान्सरका लक्षण समान हुन्छन् । यसमा गाला आसपास रातो धब्बा हुने, मुखभित्र सेतो हुने, मुख कम खुल्ने तथा गालाका कोषहरुले राम्रोसँग काम नगर्ने जस्ता लक्षण देखा पर्दछन् ।

खराब दाँतका कारण हुने यो समस्यालाई सबल्यूकस फाइब्रोसिस भनिन्छ । त्यसैले दाँतका कारण मुखमा हुने घाउलाई नजरअन्दाज नगर्न र तत्कालै दन्तरोग विशेषज्ञकहाँ गएर दाँत र घाउ समेतको उपचार गराउन चिकित्सकहरुले सल्लाह दिएका छन् । एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget