Websoft University

www.radiomakalu.com || 021-522512


पहिलो मासिक स्रावको बेला के गर्ने ?



किशोरवयमा प्रवेश गरिसकेपछि शारीरिक परिवर्तन हुन थाल्छ । यससँगै किशोरीहरुको मासिक स्राव सुरु हुन्छ ।
यद्यपी पहिलो मासिक स्राव कहिले, कुन उमेरमा, कसरी हुन्छ ? थाहा हुँदैन । त्यसैल स्कुलमा पढिरहेको बेला, सपिङ गएको बेला, घरासयी काम गरिरहेको बेला जतिबेला पनि मासिक स्राव हुनसक्छ । यो स्वभाविक प्रक्रिया हो । तर, पहिलो मासिक स्राव किशोरीका निम्ति अलि अनपेक्षित हुनपुग्छ ।

त्यसैले संभाविक मासिक स्रावको लागि तयारी हुनुपर्छ । धेरैजसो किशोरी पहिलो मासिक स्रावका लागि पूर्व तयारी गर्न समर्थ हुँदैनन् । उनीहरुले यसबारे खुलेर चर्चा गरेको वा आवश्यक जानकारी हासिल गरेका पनि हुँदैनन् । त्यसैले अचानक हुने मासिक स्रावबारे केहि जान्नैपर्ने हुन्छ ।

पहिलो पीरियड कहिले सुरु हुन्छ ?

धेरैजसो युवतीको ११ देखि १३ बर्षको उमेरमा पहिलो मासिक स्राव हुन्छ । यद्यपी कसैको भने ८ बर्षको उमेरमै र कसैको १६ बर्षपछि पनि मासिक स्राव सुरु हुन सक्छ ।

पीरियड किन हुन्छ ?

मासिक स्राव स्वभाविक प्रक्रिया हो । त्यसैले यसमा खासै चिन्ता मान्नु पर्दैन । १० देखि १५ बर्षको उमेरमा किशोरीको अन्डकोसले हरेक महिना एउटा विकसित अन्डा पैदा गर्न सुरु गर्छ । यो अन्डा फ्लोपियन ट्युवद्वारा भित्र प्रवेश गर्छ । जब अन्डा गर्भमा पुग्छ, त्यसको स्तर रगत र तरल पदार्थमा मिलेर गाढा हुन्छ । यसमा त्यही अन्डाको बिकास हुन्छ, जो शिशु पैदा हुनका लागि तयार हुन्छ । त्यही बेला अन्डा पुरुषको वीर्यको सम्पर्कमा आयो भने किशोरीले गर्भधारण गर्न सक्छन् । नभए, उक्त अन्डा रगतको रुपमा योनीबाट बाहिर आउँछ ।

के हरेक महिना हुन्छ ?

औसत मासिक धर्म चक्र २८ दिनको हुन्छ । यद्यपी यो व्यापक रुपले अलग पनि हुनसक्छ । सुरुवाती दिनमा मासिक स्राव अनियमित हुन सक्छ । तपाईको मासिक स्राव नियमित हुनका लागि १-२ बर्ष लाग्न सक्छ । यद्यपी कहिले कहिं अनियमित पनि हुन सक्छ ।

के पहिलो पीरियडमा पीडा हुन्छ ?

निश्चय नै पहिलो मासिक स्रावको बेला पीडा हुन सक्छ । यद्यपी यो सबैमा एकसमान नहुन सक्छ । कसैलाई कम पीडा हुन्छ, कसैलाई बढी ।

धेरै पीडा भए के गर्ने ?

– आइब्रुफेन, एस्पिरिन र नेप्रोक्सेन नामक औषधीले पीरियडको दुखाई कम गर्न सहयोग गर्छ ।

–    हट व्यागले पेट सेक्नुपर्छ ।

–    धेरै बलको काम गर्नु हुँदैन ।

–    पर्याप्त आरम गर्नुपर्छ ।

कति दिनसम्म ब्लिडिङ हुन्छ ?

यो पनि सबैमा एकरुपता हुँदैन । यद्यपी सुरुमा कम्ती रगत बग्छ र क्रमस धेरै बग्दै जान्छ । यो क्रम ३ देखि ७ दिनसम्म चल्छ ।-अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget