Websoft University

www.radiomakalu.com || 021-522512


सावधान ! अंकुराएको गेडागुडी खानअघि यस्तो भूल नगरौ



अंकुराएको गेडागुडी स्वास्थ्यकर हुन्छ । तर, यसको सरसफाईमा पर्याप्त ध्यान दिइएन भने यो हानिकारक साबित हुन्छ । किनभने, जब यो अंकुराउन थाल्छ, साथसाथै ब्याक्टेरिया पनि पैदा गर्छ । हानिकारक ब्याक्टेरियाकै कारण अंकुराएको गेडागुडीले शरीरमा प्रतिकुल असर पार्न सक्छ । यसले के कस्ता समस्या निम्त्याउँछ त ?


छालामा संक्रमण- अंकुराएको काँचो गेडागुडीमा साल्मोनेला नामक व्याक्टेरिया पैदा हुन्छ । यसले छालामा संक्रमण निम्त्याउँछ ।

फूड प्वाइजनिङ – यस्ता खानेकुरा काँचै सेवन गर्दा यसमा रहेको लिस्टीरिया नामक ब्याक्टेरियाले फूड प्वोइजन हुन सक्छ ।

मृगौलामा समस्या- धेरै मात्रामा अंकुराएको गेडागुडी सेवन गर्दा त्यसमा रहेको लिस्टीरिया नामक ब्याक्टेरियाले मृगौलामा असर पार्न सक्छ ।

टाइफाइड- यसमा पैदा हुने साल्मोनेला टाइफी नामक ब्याक्टेरियाले टाइफाइडको समस्या ल्याउन सक्छ ।

यसका साथै ग्याष्ट्रिक, अल्सर आदिको रोगीले पनि अंकुराएको गेडागुडी सेवन गर्नु लाभदायक हुँदैन । यसले ग्यासको समस्या अधिक बढाइदिन्छ । पेट फुलिन्छ । किनभने प्रोटिनलाई पचाउन निकै गाह्रो हुन्छ । अंकुराएको गेडागुडीमा पर्याप्त प्रोटिन हुन्छ ।

कसरी सेवन गर्ने ?

अंकुराएको गेडागुडीमा ब्याक्टेरिया धेरै मात्रामा पाइन्छ । त्यसैले यसलाई काँचो खानु भन्दा उसिनेर खानु राम्रो हो । त्यो भन्दा पनि राम्रो उपाय भनेको, अंकुराएको गेडागुडीलाई बाफमा पकाएर सेवन गर्नु हो । कब्जियत, एनीमिया, मधुमेह, उच्च रक्तचाप भएका र गर्भवती महिलाले बाफमा उसिनेर सेवन गर्नु पर्छ ।

अंकुरित गेडागुडी बिस्तारै चपाएर खानुपर्छ । यसको सेवन अधिक मात्रामा गर्नु हानिकारक हुनसक्छ ।

कहिले खाने ?

खाजा वा रातीको स्न्याक्सको रुपमा सेवन गर्न सकिन्छ ।

अंकुरित गेडागुडीको गुण

सहि ढंगले अंकुराएको गेडागुडी सेवन गर्नु स्वास्थ्यका लागि एकदमै  लाभदायक मानिन्छ । यो अंकुराउने प्रक्रियामा जीवित हुन्छ, जसले हाम्रो शरीरका लागि भरपुर पोषक तत्व प्रदान गर्छ । यद्यपी गेडागुडी अनुसार त्यसबाट प्राप्त हुने तत्वपनि भिन्न भिन्नै हुन्छ । जस्तो, अंकुरित दालमा पोटासियम र आइरन पाइन्छ भने काबुली चनामा कार्बोहाइड्रेड, फाइबर, प्रोटीन, भिटामिन र मिनरल्स पाइन्छ ।

यी हुन् अंकुरित भोजन

अनाज- गहु, मकै, कोदो, जौं आदि

बिज-फर्सीको दाना, मेथी, खरबुजाको दाना

गेडागुडी-मुंग, चना, केराउ आदि।  -अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget