Websoft University

www.radiomakalu.com || 021-522512


पूर्वमा पहिलोपटक विराटनगरबाट माउन्टेन फ्लाइट हुने

मोरङ, फागुन १३ गते । विराटनगरबाट शनिबारदेखि पूर्वका हिमशृङ्खलाको अवलोकन गराउने उद्देश्यले पर्वतीय उडान (माउन्टेन फ्लाइट) हुने भएको छ । विराट एक्स्पो आयोजक समिति तथा विराटनगरमा पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाले पूर्वाञ्चलमै पहिलोपटक यती एअरलाइन्सको विमानबाट माउन्टेन फ्लाइट गर्न लागेको जनाएका हुन् ।
विराटनगरबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, गौरीशङ्कर हिमाल सहितका हिमशृङ्खला हेर्ने गरी व्यवस्था मिलाइएको आयोजक संस्था मध्यको विराटनगर ट्राभल्स एसोसिएसनका अध्यक्ष भविशकुमार श्रेष्ठले बताउनुभयो ।



उहाँका अनुसार २९–सिटे यती एअरलाइन्सको जहाजमा २२ जना जान मिल्नेगरी विराट एक्स्पोलाई लक्षित गरेर माउन्टेन फ्लाइटको व्यवस्था गरिएको छ । विराटनगरबाट पहिलो फ्लाइट शनिबार हुनेछ भने सोमबारसम्म नियमित माउन्टेन फ्लाइट हुने जनाइएको छ । काठमाडाँैबाट एक घन्टा ५ मिनेटमा अवलोकन गर्न सकिने हिमशृङ्खला विराटनगरबाट ५० मिनेटमा नै हुने श्रेष्ठले बताउनुभयो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले अहिलेको अवस्थामा पूर्वमा धेरै सम्भावना रहेको भएपनि त्यो हुन नसकिरहेको अवस्थामा त्यो पुष्टि गराउन र सरकारलाई दबाब दिनका लागि यो एउटा नयाँ अभ्यास हुने तर्क गर्नुभयो ।-पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget