Websoft University

www.radiomakalu.com || 021-522512


दलहरुको बेमेलले संविधान संकटमाः प्रकाशमान सिंह




ललितपुर,माघ १९ गते । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान रक्षाका लागि सबै दलहरु एकजुट हुनुपर्ने बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा नेता सिंहले दलहरु बीचको अविश्वासले मुलुकमा राजनीतिक संकट बढ्दै गएकाले संविधान नै खतरामा पर्नसक्ने उनले बताए ।

उनले भने, ‘दलहरुले आपसी मतभेद छाडेर संविधानको कार्यान्वयन र अहिलेको ब्यवस्था रक्षाकालागि सबै दल लाग्नुपर्छ ।’

राजनीतिक दलहरुबीचको असमझदारीका कारण लोकतन्त्र कमजोर भएको कुराबाट पाठ सिक्नुपर्ने उनले बताए । दलहरु बीचको बेमेलको परिणाम बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउनुपरेको तितो यथार्थलाई नभुल्न पनि उनले सबै दलहरुलाई आग्रह गरे ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget