Websoft University

www.radiomakalu.com || 021-522512


एक करोड ७६ लाखको लागतमा इप्रका भवन

एक करोड ७६ लाखको लागतमा इप्रका भवन
काँकडभिट्टा (झापा),  फागुन १२ गते  । प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले इलाका प्रहरी कार्यालय, धुलाबारी झापाको नवनिर्मित भवनको आज एक समारोहबीच उद्घाटन गर्नुभयो ।

नेपाल सरकार शान्ति तथा पुनःनिर्माण मन्त्रालय शान्तिकोषको रु एक करोड ७२ लाख ८४ हजार २४० र स्थानीयवासीको सहयोग गरी कुल रु एक करोड ७६ लाख ३५ हजार २८३ को लागतमा उक्त सुविधासम्पन्न भवन निर्माण भएको हो ।

स्थानीय राजनीतिक दल, व्यापारी तथा विभिन्न व्यक्ति र सङ्घसंस्थाको सहयोगमा सङ्कलित रकमबाट मेचीनगर–१ मा खरिद गरिएको नौ कट्टा १० घुर जग्गामा ११ कोठे डेढ तले उक्त भवन निर्माण गरिएको निर्माण समितिका संयोजक विष्णु प्रसाईंले बताउनुभयो । रासस



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget