Websoft University

www.radiomakalu.com || 021-522512


ब्राजिलका विदेशमन्त्रीले उपचार खर्च खाेजेनन् वरू राजिनामा दिए



रियो दि जानेरो, फागुन १२ गते । ब्राजिलका विदेश मन्त्री जोसे सेराले स्वास्थ्य सम्वन्धी समस्याका कारण बुधबार पदबाट राजिनामा दिनुभएको छ ।

उहाँले राष्ट्रपति मिसेल टेमेरसमक्ष बुझाएको राजिनामापत्रमा अस्वस्थताका कारण आफूले जिम्मेबारी निर्वाह गरिरहन नसक्ने भएकाले राजिनामा दिएको उल्लेख छ ।
उहाँको वास्तविक स्वास्थ्य अवस्था सम्वन्धी पर्याप्त विवरणहरु सार्वजनिक भएका छैनन् । गत बर्ष उहाँको शल्यक्रिया गरिएको थियो ।

विदेशमन्त्रीको रुपमा सेराले ११ महिना मात्रै काम गर्न पाउनु भएको छ । उहाँलाई गत बर्षको मे महिनामा राष्ट्रपति टेमेरले विदेशमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।
विदेशमन्त्री भएपछि उहाँले सिनेट छोड्नु भएको थियो । सिनेट सदस्यको तेस्रो कार्यकाल उहाँको सन् २०२२ सम्मको थियो ।

आफ्नो राजनीतिक यात्राको अधिकांश समय खर्चिएको साओ आउल प्रदेशको सिनेट सदस्यमा उहाँ फेरी फर्किने अपेक्षा गरिएको थियो । रासस÷सिन्ह्वा

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget