Websoft University

www.radiomakalu.com || 021-522512


पोषण सुरक्षाका लागि अनुदान वितरण


पोषण सुरक्षाका लागि अनुदान वितरण
भद्रपुर,  फागुन  १२  गते  । जिल्ला पशुसेवा कार्यालय भद्रपुरले पाथिभरा कृषि फार्म दमकलाई चल्ला हुर्काउने केन्द्र स्थापनाका लागि रु ३० लाख अनुदान सहयोग गरेको छ । जिल्लामा पोषण सुरक्षाको अवस्थालाई अझ सबल र सुदृढ बनाउने उद्देश्यले सो केन्द्रको स्थापना गर्न लागिएको हो । यसैगरी जिल्ला पशुसेवा कार्यालयले मध्यपहाडी तथा हुलाकी मार्ग लक्षित एकीकृत दुग्ध उत्पादन प्रवद्र्धन कार्यक्रम (डेरी पकेट क्षेत्र) अन्तर्गत पाँचवटा समूहलाई जनही रु ११ लाख २० हजारका दरले अनुदान उपलब्ध गराएको छ ।
अनुदान प्राप्त गर्नेमा मनकामना सामुदायिक वन उपभोक्ता समूह राजगढ, पाँचगाछी दुग्ध उत्पादक कृषि समिति आठमोज्जा बचत तथा ऋण सहकारी संस्था लि खुजरगाछी, सानुमाई गाई विकास समिति शरणामती र बैगुनधुरा दुग्ध उत्पादक कृषक समिति बैगुनधुरा छन् ।

यस्तै, सोहि कार्यक्रमअन्तर्गत दुग्ध बजारीकरण व्यवस्थापनका लागि नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि मेचीनगरपालिका र रितिका डेरी उद्योग धाइजनलाई रु १३ लाख अुनदान दिएको छ । यसैगरी, मासु उत्पादनका लागि पाडा हुर्काउन भट्टराई ब्रदर्श एग्रिकल्चर फार्म गौरादह र प्रगति कृषि फार्म कुमरखोदलाई जनही रु दुई लाखका दरले अनुदान वितरण गरेको जिल्ला पशुसेवा कार्यालय भद्रपुरका पशु चिकित्सक डा कुमारसिंह खत्रीले बताउनुभयो । रासस

 


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget