Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रपतिले किन बोलाईन् नेतालाई शितल निवास ?




राष्ट्रपतिले किन बोलाईन् नेतालाई शितल निवास ?
काठमाडौ फागुन २ गते । यहि साताभित्र स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सरकारले बताइरहेपनि दलहरु बीचमा हुनुपर्ने न्युनतम सहमति भएको छैन । जसका कारण निर्वाचनको मिति घोषणा हुने हो वा होइन ? मिति घोषणा भएपनि चुनाव हुने वा नहुने भन्ने विषयमा आम सर्वसाधारणमा चासो बढको छ । फागुनको पहिलो साता मिति घोषणा गरेर जेठको पहिलो साता स्थानीय चुनाव गराउने सरकारका प्रधानमन्त्रीदेखि मन्त्री समेतले दिनहुँजसो बताउने गरेपनि प्रमुख विपक्षी दल र सत्ता साझेदार दलहरुवीचमै कुरा नमिल्दा सरकारले चुनावको मिति घोषणा गर्न सकिरहेको छैन ।

जसका कारण राजनीतिक अन्यौलता बढ्दै गएको छ । संविधान संशोधन लगायतका महत्वपुर्ण बिषयमा दलहरुवीच सहमति हुन नसक्दा राजनीतिक अन्योलता बढेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समेत चासो देखाउन थालेकी छन् । उनले सोमबार प्रमुख दलहरुलाई सहमतिको प्रयास के भइरहेको छ भनेर बुझ्न र छलफल गर्नका लागि राष्ट्रपति निवासमा बोलाएकी छन् ।

शितलनिवासमा अपरान्ह चार बजेपछि हुने छलफलमा भण्डारीले प्रमुख दलहरु कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र साना केही दलका शीर्ष नेतालाई बोलाएकी हुन् । यसअघि बिभिन्न दलका शीर्ष नेतालाई छुट्टाछुट्टै छलफल गरेकी राष्ट्रपति भण्डारीले सोमबार भने सामुहिक छलफल गर्न लागेकी हुन् । छलफलमा संविधान कार्यन्वयनमा दलहरुको सहमति, स्थानीय निकाय निर्वाचन लगायत विषयमा छलफल हुने राष्ट्रपति कार्यलय निकटश्रोतले जानकारी दिएको छ ।

दलीय सहमति गरि निर्वाचन घोषणामा ढिलाईभएको प्रति चासो व्यक्त गर्दै आएकी राष्ट्रपति यादवले यसअघि दलहरुसंग छुट्टाछुट्टै छलफल गरेपनि दलहरुले सहमति जुटाएरै चुनावको मिति घोषणा गर्ने बताउदै आएका थिए ।

सरकारले जेठभित्र स्थानीय निर्वाचन गर्नेगरी मिति घोषणा गर्ने भनेपनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी एमालेसँग सहमति जुटाउन सकेको छैन ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संविधान संशोधन थाती राखेर चुनावको मिति घोषणा गर्नुपर्ने बताउदै आएको छ भने मधेसी मोर्चाले संशोधन प्रस्ताव पास गराएर मात्रै चुनावको मिति घोषणा गर्न सरकारलाई दवाव दिदै आएको छ ।
सरकारलाई मोर्चा र एमालेको यहि विपरित माग पुरा गर्न समस्या भएकाले चुनावको मिति घोषणामा ढिलाइ भइरहेको छ ।- रातोपाटी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget