Websoft University

www.radiomakalu.com || 021-522512


मदिरा बिक्री निरुत्साहित गर्ने अभियान शुरु


मदिरा बिक्री निरुत्साहित गर्ने अभियान शुरु
मोरङ ,फागुन २ गते / विराटनगर उप–महानगरनगरवासीले मदिरा बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने अभियान चलाएका छन । विराटनगरमा मदिराको बिक्री र खानपानले सामाजिक विकृत भएकाले सो अभियान चलाएको संयुक्तटोल संगठनका संयोजक राजेश मास्केले बताउनु भयो । मस्केका अनुसार विराटनगर १ मा मदिरा बेच्ने व्यवसायी र भट्टी चलाउनेहरुलाई कोठा भाडामा नदिन अभियान सुरु भएको छ । स्थानीयवासीको पहलमा सुरु भएको अभियानअन्तर्गत घरधनीहरुलाई भट्टी चलाउने र मदिरा बेच्नेलाई घरभाडामा नदिन आग्रह गरिएको छ ।
सो क्षेत्रका स्थानियले अब्यवस्थित मदिरा व्यवसायका कारण बिकृति बढेकाले स्थानीय भट्टाचोकदेखि पानीटंकी चोकसम्म मदिरा निषेधित क्षेत्र घोषणा गरी भट्टी चलाउन नदिने भएका हुन । स्थानिय लक्ष्मीनारायण मन्दिर पोखरीयाका अध्यक्ष खगेन्द्रप्रसाद पोखरेलले मदिरा ब्यवसायका कारण समाजमा महिला हिंसा बढ्नुका साथै विपन्न समुदाय झन् विपन्न हुंँदै गएको बताउनु भयो । उहाँले भन्नुभयो,‘ अब्यवस्थित मदिराविक्रीले समाजमा बिकृति बढेका छ त्यसैले यस्ता गतीविधीलाई रोक्नु पर्छ । यस्तै संयुक्त टोल नगर समन्वय समितिका अध्यक्ष राजेश मास्केले सरकारको राजस्व संकलन नितिका कारण जथाभावि मदिरा पसलको लाइसेन्स बाँड्नाले यस्तो समस्या आई परेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ सरकारले जथाभावी लाई सन्स दिएको छ त्यसैले यस्तो भएको हो ,।-पुर्बेलीन्युज


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget