Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपा महाधिबेशनमा चुनावबिनै केन्द्रीय सदस्य चयन !


काठमाडौ फागुन ५ गते  । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा कमल थापा सर्वसम्मत भएसँगै बाँकी केन्द्रीय सदस्यहरु पनि सर्वसम्मत छनोट गर्ने पहल सुरु भएको छ । त्यसका लागि शीर्ष नेताहरु छलफलमा जुटेका छन् । अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, नेताहरु पशुपति शंसेर राणा र लोकेन्द्र बहादुर चन्दलगायतका नेताहरु केन्द्रीय सदस्य पनि सर्वसम्मत चयन गर्न सहमति जुटाउन गोप्य छलफलमा लागेका छन् ।

बुधबार साँझ अध्यक्षमा थापालाई सर्वसम्मत बनाउने सहमति भएसँगै नेताहरु केन्द्रीय सदस्यका लागि पनि सहमति गर्ने प्रकृयमा लागेका हुन् । यद्यपी ८० जनाभन्दा बढि केन्द्रिय सदस्य हुने भएकाले सहमति जुट्न कठिन हुने भएकाले चुनाव नै गर्नुपर्छ भन्ने नेताहरुको आवाज बढ्दै गएको राप्रपाका नेतहरुले बताएका छन् । राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार केन्द्रीय सदस्यका लागि सर्वसम्मत गर्न पहल भइरहेपनि त्यो कठिन छ । श्रेष्ठ भन्छन् –‘यो एकताको महाधिबेशन भएकाले पनि केन्द्रिय सदस्य पनि सर्वसम्मत चयन गर्दा राम्रो हुन्छ तर यो काम गर्न धेरै कठिन छ तर असम्भव भने छैन ।’ केन्द्रीय सदस्यका आकांक्षीहरु करिव एक हजारभन्दा बढि भएकाले पनि सर्वसम्मत गर्न नेतृत्वलाई कठिन पर्ने कतिपय नेता कार्यकर्ताको भनाई छ। ३५ सय प्रतिनिधि
राप्रपाको महाधिबेशनका लागि देशभरबाट प्रतिनिधिहरु आउने क्रम जारी छ । शुक्रबार बिहानसम्म झण्डै ३५ सय प्रतिनिधि काठमाडौ आइपुग्ने प्रवक्ता श्रेठले बताएका छन् । उनीहरुलाई तीन दिनसम्म सादा खाना र सादा बासको ब्यवस्था महाधिबेशन मुल आयोजक समितिले काठमाण्डौका विभिन्न होटलहरुमा मिलाएको छ । प्रतिनिधिहरुलाई आउने जाने टिकट खर्च समेत गरिएको छ ।

सडकमै उद्घाटन
राप्रपाको महाधिबेसन फागुन ६ गते उद्घाटन हुनेछ । उद्घाटन सत्र भृकुटीमण्डपको सडकमै गरिने छ । उद्घाटन भएकै दिनबाट भृकुटीमण्डपको बगैचामा बन्द सत्र सुरु हुनेछ ।बन्द सत्रमा यसअघि केन्द्रीय कार्यसम्पादन समितिले परिमार्जन सहित पास गरेका प्रतिवेदहरुमाथि छलफल हुनेछ । जसमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन पेश गर्नेछन भने डा. प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र पेश गर्नेछन् । त्यस्तै नेता बुद्धिमान तामाङले विधान संशोधनसम्बन्धी प्रतिवेदन पेश गर्ने तयारी भएको छ ।

यस्तो बन्छ नयाँ कार्यसमिति
राप्रपाको गत साता बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले महाधिबेसनमा प्रस्तुत गर्ने विधान पारित भएको छ । त्यो विधान अनुसार अध्यक्षसहित २४ जना पदाधिकारी हुनेछन् । जसमा अध्यक्षबाहेक उपाध्यक्ष ३, महामन्त्री ३, प्रवक्ता १ सहप्रवक्ता २, कोषाध्यक्ष १ सहाकोषध्यक्ष १ सहमहामन्त्री ५, सहायक महामन्त्री ७ लगायत गरी २४ जना पदाधिकारी रहनेछन् ।
त्यस्तै सिंगो केन्द्रीय कार्यसमिति एकसय ६० को ६० प्रतिशत अर्थात ८० को हारारहारीमा पुग्नेछ ।

कति हुन्छ खर्च ?
राप्रपाले अध्यक्ष जस्तै केन्द्रीय समिति सदस्य पनि सर्वसम्मत गरेमा खर्च घट्नेछ । तर, सदस्यहरुमा त्यो कठिन हुने भएकाले सदस्यका लागि चुनाव भए कम्तिमा चार दिन लाग्नेछ । त्यसका लागि राप्रपाले साढे एक करोडदेखि २ करोडसम्म खर्च हुने अनुमान गरेको छ । राप्रपाका प्रवक्ता श्रेष्ठका अनुसार महाधिबेसनका लागि स्वेच्छिक डोनेसन आइरहेको छ । कतिपय व्यवसायीहरुले स्वेच्छाले दिएको रकम र पार्टी नेता तथा कार्यकर्ताबाट उठेको रकमले नै महाधिबेसन गर्न पुग्छ । राप्रपाले अहिलेका पदाधिकारीबाट मात्रै २५ लाख बढि रकम महाधिबेसनका लागि छुट्याएका छन् भने केन्द्रीय सदस्यहरुलाई बढिमा ३ हजार दिन सर्कुलर गरेका छन् ।

राजतन्त्र प्रमुख एजेण्डा
संवैधानीक राजतन्त्र भनदै आएको राप्रपा नेपाल र गणतनत्र स्वीकार गरिसकेको राप्रपाबीच गत मंसिरमा एकीकरण भएको थियो । एकीकरणका बेला नेताहरुले राजतनत्र र हिन्दु राज्यको फैसला एकता महाधिबेसनले नै गर्ने सहमति गरेका थिए । तर महाधिवेसनमा प्रस्तुत गर्न अध्यक्ष कमल थापाले तयार गरेको राजनीतिक प्रतिवेदनमा भने अबिभावको रुपमा राजसंस्था राख्नुपर्ने उल्लेख गरिएको छ । जसमा पशुपति संशेर राणाले समेत मौन समर्थन दिइसकेका छन् ।- रातोपाटी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget