Websoft University

www.radiomakalu.com || 021-522512


पशुपतिमा महाशिवरात्रिको तयारी



पशुपतिमा महाशिवरात्रिको तयारी

काठमाडौँ फागुन ५ गते । पशुपतिमा यस वर्षको महाशिवरात्रिको तयारीका लागि नौ उपसमिति गठन गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषअन्तर्गत आवास तथा भोजन, स्वयम्सेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त तथा धार्मिक र अर्थ उपसमिति गठन गरी तयारी सुरु गरिएको सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिए ।

विगत वर्षमा मूल समारोह समिति गठन गर्ने गरिए पनि यस वर्ष कोषले मुख्य व्यवस्थापनको काम गर्ने गरी उपसमिति गठन गरिएको हो ।

महाशिवरात्रिका लागि देशका विभिन्न भाग र भारतबाट समेत माघ २७ गतेदेखि नै साधुसन्त आउन थालेका छन् । ‘यस वर्ष १३ लाख भक्तजनले पूजा एवम् दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिँदैछ, गत वर्ष १२ लाख भक्तजनले महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गरेका थिए’, उनले भने ।

यस वर्ष फागुन १३ गते शुक्रबार महाशिवरात्रि पर्व परेको छ ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget